त्रिशूलीमा ११ जना बेपत्ता, ९ जनाको उद्धार

चितवन, २९ असोज चितवनको फिसलिङमा सोमबार साँझ भएको माइक्रोबस दुर्घटनामा परेका यात्रुहरूमध्ये मंगलबार बिहानसम्ममा नौ जनाको जीवितै उद्धार भएको छ भने ११ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बा २ ख २५९८ नम्बरको माइक्रोबस दुर्घटनामा सोबार नै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ललितपुरकी २२ वर्षीया निशा पौडेल र अस्टे्रलियन नागरिक ३२ वर्षीया कि निक मारिया रहेका छन् । मंगलबार नौ जनालाई जीवितै उद्धार गरिएको र ११ जना अझै बेपत्ता रहेको खोजी कार्यमा सक्रिय रहेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायब निरीक्षक रोहित दुलालले जानकारी दिनुभयो ।

गाडीमा २२ जनाभन्दा बढी यात्रु हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार नदीमा पसेको माइक्रोबससमेत फेला पार्न नसकिएकाले केही यात्रु अझै गाडीभित्रै हुनसक्ने आशङ्का गरिएको छ । डुङ्गाको सहायतामा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले अहिले खोजी कार्य जारी राखेको दुलालले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...