झरी बुधबारसम्म जारी रहने

पोखरा, २९ असोज/पुर्वी भारतको उडिसा राज्यमा आएको पालियन नामको समुद्री आँधीको असरले नेपालमा आइतबार साझँबाट परेका पानी अहिले सम्म जारी छ । वर्षा बुधबारसम्म आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

dashain (7)विभागका मौसमविद सुवास रिमालका अनुसार उत्तर पश्चीम दिशामा आएको आधीँ उत्तर पूर्वमा मोडिएपछि सुरु भएको वर्षा बुधबार सम्म चलि रहने छ । नेपालको विशेष गरी पुर्वी र मध्य भागमा परेको अविरल वर्षाले बडा दसैँमा आफन्तको घरमा मान्यजनबाट टीका थाप्न जानेहरुलाई असर पारिरहेको छ ।

कम असर गरेको पश्चिमबाट विस्तारै वर्षा कम हुने र पूर्व र मध्य भागमा बुधबारबाट मात्रै कम हुने रिमालले बताए । वर्षाका कारण धेरैको दशैमा टिका र आर्शिवाद लिन जान कठिनाइ भयो भने चुनाव प्रचारमा लागेका नेता तथा कार्यकर्तालाई चुनावी प्रचार अभियानमा अवसर गरेको छ । शनिवार उडिसामा आएको समुद्री आँधीले लाखौ‌ मानिस विस्थापित भइसकेका छन् ।

कमेन्टहरु
Loading...