मनकामना मन्दिरको जिर्णोद्धार हुने

कैलासबावु श्रेष्ठ
गोरखा, २९ असोज /नेपालकै बहुचर्चित एवं ऐतिहासीक र धार्मिक तिर्थ स्थल गोरखाको मनकामना मन्दिरको जिर्णोद्वारको थालनी हुने भएको छ । मन्दिरको लागि आवश्यक काठ मन्दिर परिषरमा आई सकेकोले मन्दिर जिर्णोद्वारको काम थालनी गर्न लागिएको हो । बार्षिक रुपमा स्देश तथा विदेशबाट १५ लाख भन्दा वढी भत्तजनले दर्शन गर्न आउने मन्दिर १९९० को महाभुकम्प र त्यस पछिका अन्य भुकप्पका कारण मन्दिर पश्चिम तर्फ झुक्दै जान थालेको छ । मन्दिरको गारोमा मुसाले माटो खोतलीदिदाँ पनि मन्दिर ढल्कीन थालेको हो ।

manakamana१९९० सालको महाभुकम्पले सामान्य ढल्कीएको प्रसिद्व मन्दिर दिन प्रतिदिन ढल्कीन थालेको पनि आठ दशक पार गर्न लागि सक्यो । सरकारी तथा स्थानीएको चासो कम भएको भन्दै जन स्तरवाट ा गुनासो आउन थाले नेपाल सरकारले मन्दिर जिर्णोद्वारको लािग ३ करोड रुपैया प्राप्त भै सकेको र दैनिक जसो मन्दिरमा आउने भक्तजनहरुबाट २ करोड उठी सकेकोले तिहार लगत्तै स्वदेशको विभिन्न स्थानबाट काठ कुदने कालीगढ आउने र पहिलो पटक काठको काम हुने बताउछन मन्दिरका मुल पुजारी ईन्सान बहादुर थापा । मन्दिरको जिर्णोद्वार गत बर्ष देखी नै थाल्नुपर्ने पुरातत्व विभागको भनाई रहेको भएता पनि आर्थिक अभावका कारण ढिलाई भएको बताउनु हुन्छ मन्दिरका मुल पुजारी तथा मन्दिर जिर्णोद्वार समितिका आर्थिक संयोजक ईन्सान बहादुर थापा ।

सरकारी निकाय पुरातत्व विभाग र मनकामना क्षेत्र विकास समितिले मन्दिरको भौतिक अवस्था निकै कमजोर भएको २ वर्ष अघि नै सार्वजनिक गरे पछि स्थानिय स्तरमा जिर्णाेद्वार समितिको निर्माण भएको हो । मन्दिरको अवस्थाको बारेमा अघिल्लो ४ वर्षमा मात्रै पटक पटक प्राविधिक सहितको टोलीले अध्ययन तथा अनुसन्धान पुरा गरी सकेकोे छ । जिर्णोद्वारका लागि १० देखी १५ करोड सम्म लाग्ने अनुमान गरीएको छ । विशेषज्ञहरुको एक टोलीले भने मन्दिरको भित्री खण्डमा मुसाले खोक्रो पार्दै गएकोले जतिसक्दो छिटो काम थाल्नपर्ने बताएका छन । अहिले मन्दिरको ढोका बांगिएका छन्, खाँवा लच्केको र गाहे फुटेको छ । पश्चिमपट्टिका झयालका खापा पनि क्षति हुने अवस्थामा पुगेका छन् । मुसाले मन्दिरको गाहे खोक्रो पारेको छ ।

पुरातत्व विभागले सुनको जलप सहितको छाना लगाएर मन्दिर पुननिर्माण गर्दा साढे ७ करोड रुपैयाँ लाग्ने अनुमान गरेको भएता पनि अहिले सुनको बजार मुल्य उच्च भएको कारण जिर्णोद्वारमा वढी खर्च लाग्ने अनुमान मनकमना मन्दिर जिर्णोद्वार समितीले गरेको हो । यसै विच बढा दशैंको अष्टमीका दिनमा मनकामना मन्दिरमा आएका मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मी र गृह मन्त्रि माघब प्रसाद घिमीरे तथा अख्तियार प्रमुख लोकमान सिं कार्कीले सरकारी तबर बाट अन्य सहयोगको समेत आवश्वासन दिएको मुख्य पुजारी थापाले बताए ।

मनको ईच्छा पुरा गर्ने देवीको रुपमा परिचत मनकामना मन्दिरको दर्शनका लागि दैनिक स्देश तथा विदेश वाट ३ हजार बढि तिर्थालुहरु मनकामना आउने गर्दछन । मनकमना मन्दिरमा नेपाली पछि भारतीय तिर्थ यात्री बढी आउने गरेका छन । जिर्णोद्वार समिति अन्रतर्गत रहेको आर्थिक संकलन समितिका संयोजक एवं मन्दिरका मुल पुजारीले स्वदेश तथा विदेशमा रहेका सवै श्रद्वालु भत्तजनलाई मन्दिर जिर्णोद्वारमा सहयोग पु¥याउन समेत आग्रह गनु भएको छ । मर्मतसम्भारको पखाईमा रहेको यो मन्दिरलाई ०२६ सालमा सामान्य मर्मत वाहेक हाल सम्म केही गरीएको छैन ।

कमेन्टहरु
Loading...