दोलखामा बस दुर्घटना, १० को मृत्यु

दोलखा, २५ असोज /रिजर्भ गरेर दसैं मनाउन जिल्ला फर्कंदै गरेका यात्रु चढेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दसैं मनाउन जिल्ला आउनेहरुका लागि रिजर्भ गरेको बा २ ख ९२०० नम्बरको बस पुष्पलाल राजमार्ग अन्तर्गत लाकुरीडाँडा ९ झिंगानेमा दिउँसो दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ९ जनाको घटनास्थलमै र एक जना बच्चाको उपचारमा मृत्यु भएको दोलखाका प्रहरी जानकारी दिएको छ । चरिकोटस्थित कालिन्चोक युवा क्लवले काठमाडौंबाट दसैं मनाउन जिल्ला आउनेहरुका लागि बस रिजर्भ गरेको थियो । बस सडकबाट तीन सय मिटर तल खसेको छ ।
बसमा ४० जना यात्रु थिए । करिव दुई दर्जन यात्रु घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

कमेन्टहरु
Loading...