चाडवर्पको बेला लेकसाइडमा प्रहरीले विशेष ध्यान दिने

पोखरा, २५ असोज। चाडपर्वको बेला पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सवारी दुर्घटना नियन्त्रण गर्न तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिने भएको छ। लेकसाइडको सम्वेदनशिलतालाई ध्यानदिदै दुर्घटना नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न विशेष ध्यान दिईने जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए।विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुर्घटना नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि नागरिक समाजसँग हातेमालो गर्दै अघि बढ्ने बताए।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सल्लाहाकार विष्णु भट्टराई, बासुदेव त्रिपाठी, पुर्वअध्यक्ष गोमा ढकाल, रेवान पोखराका अध्यक्ष गोपी भट्टराई, होटल सङ्घका महासचिव लक्ष्मण सुवेदी, अन्नपुर्ण आमा समुहका अध्यक्ष अन्नपुर्ण कुँवर, जगदम्बा आमा समुहका अध्यक्ष दुर्गादेवी पहारी, खहरे आमा समुहका अध्यक्ष नानीमाया सिग्देल, ताल बाराही शान्ति आमा समुहका अध्यक्ष लक्ष्मी खाति, जरेबर उज्वल दिदी बहिनी समुहका अध्यक्ष दुर्गादेवी तिमिल्सिनाले दुर्घटना नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई सघाउने प्रतिवद्वता व्यत्त गरेका थिए।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शुशीला सुवेदीले स्वागत, संस्थापक अध्यक्ष मङ्गल नेपालीले धन्यबाद ज्ञापन र सचिव भिम पराजुलीले कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...