युवाहरुको मन्दीरमा सरसफाई अभियान

पोखरा, २५ असोज/पोखरामा गत शनीबारबाट पर्यावरण ब्यवस्थापन तथा स्थानीय बिकासका लागि युवा संस्थाले नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली २०७० को अवसरमा पर्यावरण ब्यवस्थापनका लागि आम पोखराबासीमा सचेतना जगाउने उद्देश्यले गरेको नगर स्तरीय सचेतनामूलक शक्तिपीठ सरसफाई अभियान आज पोखरा १७ बिरौटा स्थीत राम मन्दीर परिसर सरसफाई गर्दै समापन गरीएको छ ।

कार्यक्रममा पर्यावरण ब्यवस्थापन तथा स्थानिय विकासका लागी युवाका उपाध्यक्ष भानुभक्त पराजुलीले वातावरण र पर्यावरणका सम्बन्धमा स्थानीयबासीहरुलाई सचेतना अभिबृद्धि गर्न कार्यक्रम आयोजना गरीएको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै बिरौटा महिला उद्दार समूहकी अध्यक्ष ईन्दीरा थापाले नहरमा बगाइने ढल र प्लास्टीक जन्य फोहोर नै प्रदुषणको मूख्य कारण रहेको र प्लास्टीजन्य बस्तुलाइ ब्यबस्थापन गर्ने निहुमा जलाइने गरेकोमा अब बाट त्यस्ता कार्यहरु नगर्न सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

रामेश्वर पर्यावरण टोल सुधार समितिका अध्यक्ष लिला पंगेनीले पर्यावरणको समस्यालाई नगरपालीका र स्थानीय युवा शक्ति मिलेर निराकरण गर्न अभियान चलाउनु पर्ने बतउनु भयो ।

कमेन्टहरु
Loading...