काग्रेसका क्षेत्र नं १का बिभिन्न उपसमिति

लेखनाथ, २३ असोज । दोस्रो संविधान सभा निर्वाचन परिचालन गर्नका लागि तथा कास्की क्षेत्र नं १ मा नेपाली कांग्रेसले आफ्नो उमेदवार यज्ञबहादुर थापालाई बिजय गराउनका लागि विहिबार विभिन्न उपसमितिहरु गठन गरेको छ ।

जसमा आम सभा तथा कोण सभाको तय मूल प्रचार पसार समितिले गर्ने छ भने नन्द प्रसाद तिवारीको संयोजकत्वमा सात सदस्यीय रणनिति निर्माण उपसमिति,पूर्ण बहादुर थापाको संयोजकत्वमा दश सदस्य सुरक्षा व्यावस्थापन उपसमिति बिन्दु सुवेदीको संयोजकत्वमा सम्पूर्ण क्रियासिल महिलाहरु सदस्यहरु रहेको महिला परिचालन उपसमिति तिल बहादुर सुनारको संयोजकत्वमा चार सदस्यीय दलित परिचालन उपसमिति कमलनाथ कुवँरको संयोजकत्वमा पाँच सदस्यीय गाउँनगर समन्वय उपसमिति राजेन्द्र पौडेलको संयोजकत्वमा पाचँ सदस्यीय प्राथमिक उपचार उपसमिति मनोज गुरुङ्गको संयोजकत्वमा छ सदस्यीय सांस्कृतिक कार्यक्रम उपसमिति हिरामणि सुवेदीको संयोजकत्वमा सत्र सदस्यीय अनुगमन तथा मूल्याङ्गक उपसमिति कोपिला रानाभाटको संयोजकत्वमा छ सदस्यीय आवास तथा भोजन उपसमिति रहेका छन् त्यस्तै गरी युवा परिचालन उपसमितिको संयोजक कृष्ण केसी,संचारमा प्रेम कुमार श्रेष्ठ,अर्थ संकलनमा बुद्घिमान गुरुङ्ग,भातृ संस्था समन्वयमा सुदिपमोहन भट्टराई,बुद्घिजीवि पूर्व कर्मचारी परिचालनमा देवेन्द्र रानाभाट,संघसस्था परिचालनमा बाबुराम जमरकट्टेल, टोल विकास संस्था परिचालनमा इन्द्रबहादुर थापा उपसमिति संयोजक रहेका छन् ।

कमेन्टहरु
Loading...