पशुवलिप्रथा अत्यका शक्तिपिठहरुमा सचेतना व्यानर

पोखरा,२४,असोज।पशुवलि अत्यका लागि सचेतना मुलक कार्यक्रम अन्तरगत विहीवार पोखराका शक्तिपिठहरुमा सचेतना मुलक व्यानर टागिएको छ । मुल आयोजक समितिको आयोजनामा विन्धवासिनि मन्दिर, भद्रकालि मन्दिर र अकलादेवि मन्दिरमा सचेतना मुलक व्यानर टागीएको हो ।पशुवलिप्रथा अत्य गरौ अहिंसात्मक तरिकाले दशै मनाऔ भन्ने उद्घोषका साथ गिताको सार समेत उल्लेख गरिएको व्यानर टासिएको छ । मुल आयोजक समितिको वलिप्रथा अत्यका लागि आयोजना गरिएको अन्तरक्रियामा भएको निर्णय अनुसार उक्त व्यानर टासिएको उक्त कार्यक्रमका लागि आध्यात्मिक, धार्मिक, सामाजिक संघसंस्था तथा अधिकारकर्मी र संचारकर्मीहरु गरि तिस भन्दा वढी संघसंस्थाको एक्यवद्धता रहेको छ ।

कमेन्टहरु
Loading...