एउटै घरका चार अपाङ्गलाई अस्ट्रेलियामा वस्ने नेपाली युवतीद्धारा एक लाख सहयोग

पर्वत २४ असोज । एउटै परिवारका ४ अपांग बालिकालाई जापानमा वस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन । दक्षिण पर्वतको रानीपानी गाविस ६ पस्यारका बलबहादुर परियारको परिवारलाई रोजगारीका लागि अस्ट्रेलियाको सिड्नीमा रहेकी एक नेपाली युवतीले आर्थिक सहयोग स्वरुप नगद १ लाख १ सय ५१ रुपैंया सहयोग गरेकि हुन् । अस्ट्रेलियामा फार्मेसीमा कार्यरत पोखरा रत्नचोककी कृष्ण तिवारीले आफुले रोजगारीबाट गरेको आम्दानीवाट असहायहरुलाई सहयोग गर्ने उद्धेश्यले आर्थिक सहयोग गरेकि हुन् । उनले पठाएको रकम बागलुङ पैयुपाटाका अशोक गिरीले अपांग बालिकाका बाबु बलबहादुर परियारलाई बिहीवार एक कार्यक्रम गरी हस्तान्तरण गरेका छन् । जन्मेदेखिनै ओच्छ्यानमा सुतेर मृत्यु पर्खिरहेका बलबहादुरका चार छोरीको पिडा सञ्चार माध्यम मार्फत थाहा पाएपछि तिवारीले आफनै व्यक्तिगत आम्दानीवाट खर्च कटाएर रकम संकलन गरी नेपाल पठाएकी हुन् ।

बलबहादुर र कौशिलाका १० सन्तान मध्ये तीन सन्तानको मृत्यु भईसेको छ भने चार छोरी अपांग छन् । उनका एक छोरीको विवाह भई सकेको छ । उता अर्की छोरी विद्यालय पढ्दैछिन । कान्छो छोरो काखमा छ । जन्मेको ६ महिना सम्म स्वस्थ्य नै भएपनि त्यसपछि छोरीहरु पालैपालो थला परेको बाबु बलबहादुरले बताए । निरन्तर बिरामी पर्ने भएकाले परिवार झनै समस्यामा पर्ने गरेको छ ।

उपचारका लागी बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पताल सम्म पु¥याएपनि उपचार संभव छैन भनेर डाक्टरले नै फर्काएपछि उनीहरु मृत्यपर्यन्त सुतेरै दिन काट्न बाध्य छन् । १९ बर्षिया मिठु, ११ बर्षिया गंगा र जमुना, ८ बर्षिया अनिताका न हात चल्छन न खुट्टा नै । बोली भने सपाङ्गको सरह नै छ । समाचार प्रकाशित भएर सहयोग नआएको पनि होईन । तर पनि छोरीको पीरले दिनह“ु पीरोलिन्छन परियार दम्पत्ति ।

आर्थिक अवस्था निकै नाजुक रहेको परिवारमा ठुलो दशा बल्झिएपछि विभिन्न क्षेत्रवाट सहयोग आउने क्रम बढ्दै गएको छ । ‘छोरीसंगैका साथीहरुले पढेर रोजीरोटी जुटाउन ब्यस्त छन्,’बाबु बलबहादुर भन्छन्–‘आफ्ना छोरीहरु भने दैबको लीलाले ओछ्यानमै दीनरात कटाई रहेका छन् ।’ यो सबै गरिबिले गर्दा भएको उनको भनाई छ । जन्मिदैं राम्रोसंग स्याहार सुसार गर्न सकेको भए यस्तो नहुने बलबहादुरको भनाई छ ।

कमेन्टहरु
Loading...