स्मार्टले शुरु ग¥यो महोत्सव प्याक

सन्तोष थापा÷ २४ असोज/हालै मात्र राष्ट्रव्यापी रुपमा आफ्नो सेवा सन्चालन अनुमति प्राप्त स्मार्ट टेलिकमले चाडपर्वको अवसरमा महोत्सव प्याकको सुरुआत गरेको छ । विश्वभरका नेपालीलाई एकबद्घ पार्ने महान पर्व दशै, तिहार र छठको अवसर पारेर स्मार्टले सो अवसरलाई आफ्ना ग्राहकहरुले अझै नजीक ल्याउन यो प्याक ल्याइएको हो ।स्मार्ट टेलिकमले महोत्सव प्याकको मूल्य ९९ र २५०० भन्दा बढीको व्यालेन्स उपलब्ध हुने जानकारी दिएको छ । यसमा ५० बराबरको सीम व्यालेन्स उपलब्ध हुने र हरेक महिना १ सय बोनस व्यालेन्स, ५० एस.एम.एस. स्मार्ट नेटवर्कभित्र र ५० व्यालेन्स अन्य नेटवर्कभित्र उपलब्ध हुने एक वक्तव्य मार्फत जानकारी दिएको छ । यस प्रकारको बोनस एक बर्षको लागि लागू हुने र बोनस उपलब्ध हुनको लागि ग्राहकले हरेक महिना १०० न्युनतम रिचार्ज गर्नुपर्ने बक्तव्यमा उल्लेख छ ।

छ महिनाभन्दा बढी स्मार्ट सेल प्रयोग गर्ने ग्राहकहरुलाई १०० रिचार्ज गरेमा पनि यो सुविधा उपलब्ध हुने जानकारी दिइएको छ । “यो स्मार्ट सेलका ग्राहकहरुलाई अब आगामी दिनहरु अत्यन्तै उत्साहवद्र्घक हुनेछ । हामी चाँडै नै हाम्रो नेटवर्क राष्ट्रव्यापी रुपमा विस्तार गर्नेछौं ।’ बरिष्ठ प्रबन्धक प्रविण केशर श्रेष्ठले भने ‘ हामी गुणस्तरीय सेवा उचित मूल्यमा उपलब्ध गराउन प्रयत्नरत छौं ।’

कमेन्टहरु
Loading...