राप्रपाको विजयादशमी तथा दीपावलीको शुभकामना आदान प्रदान

पोखरा, २४ असोज/विजयादशमी तथा शुभ दीपावलीको पावन अवसर पारेर आज राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन क्षेत्र नंं १ ले शुभकामना आदान—प्रदान गरेको छ । शुभकामना आदान—प्रदान कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य कमलमान गुरुङ्गले ठुला दलहरुको हैकमवादी प्रवृत्तिले गर्दा देशमा संविधान निर्माण नभई पुनः दोश्रो पटक निर्वाचन गर्नुपरेको बताए । उनले जनताको इच्छा मुताबिक रा.प्र.पा. ले योग्य, सक्षम व्यक्तित्वहरुलाई उम्मेदवारहरुको रुपमा उठाएको हुदाँ आफ्ना उम्मेदवारहरु अत्यधिक मतले विजयी हुने समेत बताए ।

कार्यक्रममा रा.प्र.पा. कास्कीका अध्यक्ष जे.वी.कुंवर, क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र नं. १ का पूर्व अध्यक्ष विष्णु प्रसाद पोखरेल, जिल्ला कोषाध्यक्ष इन्द्र बहादुर भारी, जिल्ला सदस्य कृपा पौडेल, हरीदेवी अधिकारी , निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कृष्ण प्रसाद रेग्मी, निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार फणिन्द्रनाथ अधिकारी, निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार भीमराज भण्डारी लगायतका अधिकांश वक्ताहरुले देशलाई समृद्धि एवं कानुनी राज्यको रुपमा स्थापित गराई सिङ्गो राष्ट्रलाई निकास दिन निर्वाचन आवश्यक रहेको बताएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परीचालन एवं प्रचार प्रसार समितिका संयोजक हेम बहादुर हमालको अध्यक्षतामा कार्यक्र सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...