एमालेलाई नेतृत्व दिए संविधान ल्याउने अधिकारीको दावी

पोखरा, २४ असोज /नेकपा एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारीले एमालेको नेतृत्व विना देशमा संविधान निर्माण हुन नसक्ने बताउनु भएको छ । गत संविधान सभामा नेकपा एमाले तेसे पार्टी बन्दा देशले संविधान पाउन नसकेको उ्ल्लेख गदै आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । नेपाल ट्रेड यूनियन महासंघ –जिफण्ट) गण्डकी धौलागिरी अञ्चल कमिटिले बिहिबार पोखरामा आयोजना गरेको विजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अधिकारीले एमाले तेस्रो पार्टी बन्दा देशले निकास नपाएको बताउदै आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह् गर्नुभयो । एकिकृत नेकपा माओबादी र काग्रेसबाट लोकतान्त्रिक संविधान निर्माण असम्भव भएकाले नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । देश एमालेको नीतिमा चलेपनि नेतृत्व अरुको हुदाँ देशले निकास नपाएको बताउनु भयो ।

नेकपा एमाले क्षेत्र नं. ३ का उम्मेदवार रविन्द्र अधिकारीले नयाँ संविधान निर्माण गरि देशको आर्थिक विकासको मार्गमा डोहोयाउन एमालेका उम्मेदरवारलाई विजयी गराउनुपनैमा जोड दिनु भयो । उहाँले एनेकपा माओबादी गत संविधान सभामा ठूलो पार्टी बन्दा संविधान बन्न नसकेको बताउदै मंसिर चारको निर्वाचनमा कास्कीका चारै क्षेत्रमा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह् गर्नुभयो ।

क्षेत्र नं. २ का उम्मेदवार कृष्ण थापाले एमालेका उम्मेदवारई जिताउन सवै कार्यकता पक्ति एक जुट भएर लाग्नुपर्नेमा जोड दिदै एमालेले चारै सिट जित्ने दावी गर्नुभयो । कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष लिलाधर पौडेल, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिबहादुर कोइराला, सहारा क्लबका अध्यक्ष विरभद्र आर्चाय, जिफण्ट गण्डकी धौलागिरी सचिव लिलाबहादुर कार्की लगायतले बोल्नु भएको थियो भने कार्यक्रम जिफण्ड गण्डकी धौलागिरी अञ्चल अध्यक्ष मिना गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...