दैलेखमा कार्यालय भित्रै प्रहरी निरिक्षकको हत्या

दैलेख, २४ असोज/दैलेखमा प्रहरी कार्यालय भित्रै प्रहरी निरक्षकको उनकै सहयोगीले गोली हानी हत्या गरेका छन् । निरिक्षक हेमराज भट्टको टाउकोमा गोली हानेपछि सहयोगी कमल शर्माले आफुलाई पनि पेटमा गोली हानी आत्महत्या गरेका छन् ।
सामान्य विवादका कारण बिहान ५ बजे कार्यालय भित्रै भनाभन हुँदा शर्माले गोली चलाएको जिल्ला प्रहरी कार्यालय देलेखले जनाएको छ । घटनाको छानविन भइरहेको दैलेख प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिएका छन् । महेन्द्रनगर घर भएका प्रहरी निरीक्षक भट्ट गत वैशाखमा दैलेख खटिनु भएको थियो । प्राविधिक रुपमा कार्यरत दैलेखका प्रहरी जवान कमल झण्डै एक महिना अघि मात्र भट्टको अंगरक्षक बनेको प्रहरीको भनाइ छ ।

कमेन्टहरु
Loading...