नागढुङ्गामा सरसफाई

असोज २३,पोखरा/विजया दशमी तथा दिपावली पर्व नजिकिदै गर्दा नगरका विभिन्न स्थानमा विभिन्न समुहहरुले सरसफाइका कार्यक्रमहरु पनि आयोजना गरिरहेका छन् । यस्तैमा पोखराको नागढुङ्गामा रहेको नागढुङ्गा युवा क्लव, नागढुङ्गा आमा समुह र नागढुङ्गा टोलविकास संस्थाको संयुक्त आयोजनामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रममा सहभागिहरुले आ–आफ्नों घर आँगन सफा राख्न सुझाव समेत दिएका थिए ।

बुधबार विहान नागमन्दिर अगाडीदेखि शुरु गरिएको कार्यक्रम पृथ्वीचोक, बसपार्क, एयरपोर्टको पश्चिमी भाग हुँदै पुन नागढुङ्गाकै ओरालोमा पुगेर टुङ्गिएको थियो । शसस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीका शसस्त्र प्रहरी निरिक्षक होनाथ नेपालको कमाण्डमा आएको ३९ जनाको समुहले कार्यक्रममा विशेष सहयोग पु¥याएको थियो । ठाउँठाउँमा संकलित फोहोर नगरपालिकाको ट्रयाक्टरले व्यवस्थापन गरेको थियो ।

यसअघि आमा समुहको भवनमा भएको औपचारिक समारोहमा पोखरा उपमहानगरपालिका, वातावरण शाखाका प्रमुख निर्मलमान सिंह भण्डारी, फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख चुडामणि तिवारी, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशि, सिविसी नेपालका प्रतिनिधी गुरुदत्त लामिछानेनागढुङ्गा आमा समुहका अध्यक्ष पवित्रा गिरी,उपाध्यक्ष लक्ष्मी गिरी टोलविकास संस्थाका अध्यक्ष मथुरा गिरी,सचिव भगवति पन्त लगाएतले बोलेका थिए । क्लवका अध्यक्ष विनोद लामिछानेले कार्यक्रममा सहयोग पु¥याने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमा समापन गरेका थिए ।

कमेन्टहरु
Loading...