राष्ट्रिय जनमोर्चाको निर्वाचन प्रचार प्रसार समिति गठन

पोखरा, २३ असोज/राष्ट्रिय जनमोर्चाको एक भेलाले जिल्ला उपाध्यक्ष हरी वरालको संयोजकत्वमा १५१ सदस्यीय संविधान सभा निर्वाचन कास्की जिल्ला प्रचार प्रसार समिति गठन गरेको छ । त्यस्तै भेलाले रविमोहन ढकाललाई सचिवको जिम्मा दिएको छ । यस प्रचार प्रसार समितिले कास्कीका चार वटै निर्वाचन क्षेत्रमा रक्तिम साँस्कृतिक परियारका कलाकार सहित चुनावी अभियान गर्ने पनि वताइएको छ ।

कमेन्टहरु
Loading...