वलिप्रथा अत्यका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

पोखरा,२३,असोज।पशुवलिप्रथा अत्यका लागि पशुवलिप्रथा विरुद्ध अभियान मुल आयोजक समितिको आयोजनामा वुधवार ज्ञापनपत्र वुझाइएको छ ।कास्की जिल्लामा रहेका शक्तिपिठहरुमा पशुवलीका निम्ती प्रदान गरीदै आएको आर्थिक सहयोग रोक्का गरि उक्त रकम मन्दिरकै अन्य विकासका लागि प्रदान गरीयोस् र वलि प्रथालाई निरुत्साहीत र हतोत्साहीत गर्न प्रशासनीक क्षेत्रवाट सक्रिय सहयोग होस् भन्ने अपेक्षा गर्दे प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालालाई मुल आयोजक समितिका तर्फवाट हस्तान्तरण गरिएको थियो ।

baliअभियन्ता सुष्मा पौडेलले उक्त ज्ञापनपत्र पढेर सुनाउदै नेपाली समाजमा विद्यमान रहेको पशुवलीप्रथा धार्मीक सामाजिक अधिकारमुखी दृष्टीकोणले वान्छनिय नभएको भन्दै राज्यले यस्ता कु प्रथाहरुलाई कुनै पनि अवस्थामा संरक्षण र वढवा दिन नहुने उल्लेख गरिन् । साथै मठ, मन्दिर र देवालय सवै विचार वोक्ने मानिसहरुको पवित्र साझा आस्थाको थलो भएकाले त्यहाँको पवित्रता, सुन्दरता र शान्तिलाई धमिल्याउने पशुवलिप्रथालाई कुनै पनि धर्म र संप्रदायले आत्मसाथ नगरेको कुरा उलेख गर्दे यस्तो गलत प्रथालाई जान अञ्जानरुपमा राज्यले समेत वढवा दिदै आएको हुदा उक्त कार्यलाई निरुत्साहीत गर्न राज्यसँग माग गरिएको थियो ।

ज्ञापनपत्रमा पशु अधिकारको दृष्टिकोणले पनी पशुलाई कुनैपनि सार्वजनिक स्थानमा खुलेआम मारकाट गर्न नपाईने र ठुलो संख्यामा कुनैपनि पशुलाई वध गर्न नपाईने कुरा अन्तराष्ट्रिय पशु अधिकार घोषणापत्रमा उल्लेख गरिएको धारणा व्यक्त गरिएको छ । ज्ञापनपत्र नेपाल मानव धर्म सेवा समितिका माहात्मा चमेलि वाईजि, लता वाईजि, ओमशान्तिका झंकनाथ पौडेल अधिकारकर्मी माधव पहारी, भेजीटेरियन सोसाईटिका अध्यक्ष क्रृषिराम सापकोटा,मानव मिलन नारि जागरणका सावित्रि शर्मा, पार्वति पौडेल, मुल आयोजक समितिका सुष्मा पौडेल, एनिमल राइट्स नेपालका कृष्णमणि बराल पतंजली योग समिति कास्कीका अध्यक्ष दिपकराज सीग्देल लगायतले हस्तान्तरण गरेका थिए ।

सावित्रि शर्माले संचालन गरेको उक्र ज्ञापनपत्रमा विभिन्न आध्यात्मिक ,धार्मीक, सामाजिक अधिकारमुखी र अहींसावादी संघसंस्थाका ३८ जना अगुवाहरुको एक्यवद्धता सहित हस्ताक्षर रहेको थियो ।विगत तिन वर्ष जस्तै यसवर्ष पनि मुल आयोजक समितिले आयोजना गरेको विविध कार्यक्रम अन्तरगत मुल आयोजक समितिको आयोजनामा उक्र कार्यक्रम आयोजना गरिएको थियो । साथै वलिप्रथा विरुद्ध अभियान मुल आयोजक समितिको आयोजना तथा मानव मिलन नारि जागरण नेपालको संयोजनमा विहीवार विहान सभागृहचोकदेखि चिप्लेढुङ्गासम्म सचेतना ¥यालिको समेत आयोजना गरिएको भन्दै उक्र ¥यालिमा सक्रिय सहभागिता जनाउन सम्पुर्ण कुरिति र कुसंस्कारको अत्य गर्न चाहने सवैलाई हार्दीक आमन्त्रण समेत गरिएको छ ।

कमेन्टहरु
Loading...