सिण्किेटको मारमा पर्यटक बस, पोखरा – लुम्बिनी नियमित बस सेवा प्रभाबित

गोकुल बानियाँ
असोज २३ पोखरा/यातायात ब्यबशायीको चरम सिण्डिकेटको कारण पर्यटक बस सेवा प्रभाबित भएको छ । लामो समयको प्रयासपछि गत असोज १० अर्थात् सेप्टेम्बर २७ , बिश्व पर्यटन दिबसको दिन औपचारिक कार्यक्रमनै गरी सुरुवात भएको पोखरा – लुम्बिनी पर्यटक बस यातायात ब्यबशायीको बिरोधपछि नियमित सञ्चालनमा आउन सकेको छैन । यातायात क्षेत्रमा लामो समयदेखि हालीमुहाली मच्चाएको पश्चिम नेपाल बस ब्यबशायी संघले बस संचालनमा अबरोध गरेको हो । पर्यटन दिबसको दिन पोखराका पत्रकार सहित गएको बस फर्किने क्रममा असोज ११ गते करिब ८ घण्टा नियन्त्रणमा लिएर प्रशासनको दवाब पछि छोडेका उनिहरुले त्यसयता बस संचालन हुन दिएका छैनन् ।माउण्टेन ओभरल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लि. पोखराले पर्यटकीय नगरी पोखरादेखि लुम्बिनीसम्म दुई पर्यटकिय गन्तब्य जोड्ने गरी सुबिधा सम्पन्न पर्यटकबस सञ्चालनमा ल्याउने प्रयास गरेपनि पश्चिम नेपाल बस ब्यबशायी संघको अबरोधले सफल हुन नसकेको हो । सिण्डिकेट पक्षधरको बिरोधका बिच पोखरा– लुम्बिनी दैनिक दुई वटा बस सञ्चालनको औपचारिक उद्घाटन हुदा पनि नियमित सञ्चालनको बाताबरण नबनेको माउण्टेन ओभरल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लिका सञ्चालक सोम थापाले बताउनुभयो । नेपाल आउने पर्यटकको सुबिधा र सहज आवातजावतलाई ध्यानमा राखेर पनि ब्यबशायीको सिण्डिकेटलाई तोड्दै बस सञ्चालनको बाताबरण बनाउनुपर्ने पर्यटन ब्यबशायीको माग छ ।bus

पश्चिम नेपाल बस ब्यबशायी संघका अध्यक्ष दधिराम खरेलले पर्यटनको नाममा यातायात ब्यबशायलाई धराशायी बनाउने खेल भएको आरोप लगाउनुभएको छ । ‘ पर्यटक बस हरियो नम्बर प्लेटमा चलाउने हो भने तेस्रो मुलुकका पर्यटक मात्र बोक्नुपर्छ ,हैन भने कालो प्लेट राखेर आउनुस् सघाउन तयार छौ’ खरेलले भन्नुभयो । उनिहरुले आन्तरिक र भारतिय पर्यटक भने बोक्न नदिने जिकिर गरेका छन् । पर्यटकबसले स्तरिय सेवा सहित नियमित पर्यटक बोक्न सुरु गरे आफ्नो ब्यबशाय धरापमा पर्ने उनिहरुको आशंका छ ।
बिशेष गरी भारतिय पर्यटक र लुम्बिनी घुम्न पुगेका पर्यटकलाई लक्षित गरी पर्यटक बस सञ्चालनमा ल्याउन लागेकाले पर्यटक नियमावली अनुसारनै आफुहरु अघि बढेको प्रालिले जनाएको छ । सर्बोच्च अदालतले एकाधिकार अर्थात् सिण्डिकेट खारेज गरेको बर्षो बितेपनि यातायात क्षेत्रमा भएको चरम सिण्डिकेटले नया ब्यबशायीलाई हच्काएको छ । सरकारी निकायले पनि यसको अन्त्यको लागि प्रभाकारी भूमिका निर्बाह गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । भारतिय पर्यटकको साथै भारतिय सिमा प्रयोग गरी लुम्बिनी हुदै पोखरा आउने पर्यटकको संख्या अत्याधिक भएपनि स्तरिय पर्यटक बस सेवा नहुदा समस्या हुदै आएको छ ।

कमेन्टहरु
Loading...