सत्य युवा क्लबद्वारा प्रतिक्षालय निर्माण

पोखरा, २३ असोज। पोखराको सत्य युवा क्लवले प्रतिक्षालय निर्माण गरेको छ। बटुवा तथा यात्रुहरुको सुविधाका लागि पोखरा – १३ काहुखोलामा प्रतिक्षालय निर्माण गरिएको हो। स्थानीय व्यत्ति तथा सङ्घ संस्थाको आर्थिक सहयोगमा प्रतिक्षालय निर्माण गरिएको बताइएको छ। प्रतिक्षालय निर्माणका लागि एक लाख ८२ हजार रुपैया खर्च भएको छ। क्लवले बुधबार आयोजना गरेको कार्यक्रमवीच समाजसेवी भिमकाजी गुरुङले प्रतिक्षालयको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै गुरुङले सत्य युवा क्लवले समाजमा रचनात्मक गतिविधि संचालन गरेको बताए। वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले समाजिक विकृति र विसंगति नियन्त्रणका लागि युवाहरुद्वारा संचालन गरिएका गतिविधिलाई पुर्ण सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे।

कार्यक्रममा जनकल्याण समितिका अध्यक्ष लोकबहादुर कार्की, सत्य सेवा आमा समुहका अध्यक्ष शान्तिदेवी सिग्देल, परोपकार महासङ्घ वडा इकाई – १३ का अध्यक्ष देवराज बराल, नारेश्वर भजन समुहका अध्यक्ष बाबुराम सापकोटा, शिक्षाविद् प्रा. तारा बराल, निवर्तमान अध्यक्ष युवराज त्रिपाठी, सल्लाहाकार माधव आचार्य, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल र आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देलले बोलेका थिए।

त्यसअवसरमा प्रतिक्षालय निर्माणका लागि आर्थिक सहयोग गर्ने श्रीकृष्ण जन्माष्टमी मुल सांस्कृतिक समिति – २०६९, सत्य सेवा आमा समुह तथा नागेश्वर भजन समुह, परोपकार महासङ्घ वडा इकाई – १३, जनकल्याण समिति तथा युवा विकास उपसमितिलाई कदरपत्रबाट सम्मान गरिएको थियो। सत्य युवा क्लवका अध्यक्ष समित के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य पुजा खनालले स्वागत र सचिव सन्तोष आचार्यले कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...