सक्षमका शेयर सदस्यलाई लाभांश वितरण

कास्की, २३ असोज । सक्षम वचत तथा ऋण शहकारी सस्था लिमिटेड पोखरा तीन नदिपरले आफ्नो पाचौ वार्षिकोत्सवका अवसरमा आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको छ । सस्थाको कुल पुजी एक करोड २६ लाख ७५ हजार ४०७ रुपैया रहेकोमा गत आर्थिक वर्षमा एक करोड ६ लाख ७१ हजार १ सय ११ रुपैया ऋण लगानी गरेको थियो । सस्थामा रहेका शेयर सदस्यहरुले प्रति शेयर २९ हजार ९ सय ८१ रुपैया प्राप्त गरेको सस्थाका कार्यसमिति सदस्य सनकमान सिकेले वताउनुभयो । सस्थामा एक सय ३९ जना शेयार सदस्यहरु रहेका छन् । ती मध्य ८७ जनाले मात्र ऋण उपयोग गरेका छन् ।  साधारण सभाका अवसरमा चालु आवमा प्रति शेयर एक लाख पु¥याउने लक्ष रहेको जानकारी गराईएको थियो ।  सो अवसरमा २०६९ सालमा एस एलसी पास गरेका सस्थाका शेयर सदस्यका ११ जना छोराछोरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सस्थाका अध्यक्ष तारा वहादुर घिमिरेले शहकारीको मुल मन्त्र अनुरुप चल्न सके सस्थाको उन्नती र प्रगतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कोषाध्यक्षरणसिंह गर्वुजा र लेखा संयोजक चित्र श्रेष्ठले प्रस्तुत गर्नुभएको आयव्यय तथा लेखा प्रतिवेदन छलफल पश्चात पारित भएको थियो । सस्थाका उपाध्क्ष हरीहर पराजुली, सल्लाहकार मेजर चन्द्वहादुर पुन, ऋण उपसमिति संयोजक रामजी थापा लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...