सार्इिजङ्गस्टार युथ क्लवको रक्तदानमा ४४ युनिट संकलन

लेखनाथ, २३ असोज । लेखनाथ नगरपालिकाको रिठ्ठेपानीमा रहेको रार्इिजङ्गस्टार युथ क्लवले बुधबार आयोजना गरेको रक्तदानमा ४४ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि लेउवा संघका अध्यक्ष बाबुराम गिरीले पहिलो रक्तदाता रुक्साना घलेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरेका थिए ।

क्लवका संस्थापक अध्यक्ष पूर्णकुमार गुरुङ्गको सभापत्तित्वमा सम्पन्न रक्तदान कार्यक्रममा बिशिष्ट अतिथि डाँडाको नाक प्रहरी चौकीका इन्र्चाज प्र.नि खड्क खत्रीले रक्तदाताहरुलाई प्रशंशा पत्र वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की रक्त संञ्चार केन्द्र पोखराका अर्जुन ज्ञवालीले रक्तदानको महत्व बताए । कार्यक्रम सञ्चालन सचिव श्याम खनालले गरेका थिए उक्त क्लवले फुलपातीका अबसरमा बिबिध दशै बिशेष कार्यक्रमहरु गर्न लागेको अध्यक्ष योगेश गुरुङ्गले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा नजिकिदै गरेका चाडपर्वको शुभकामना समेत आदान प्रदान समेत गरिएको थियो जसमा सु.जगबहादुर गुरुङ्ग प्रगतीचोक आमा समूहकी अध्यक्ष धनकुमारी गुरुङ्ग,कार्यक्रम संयोजक चिज कुमार गुरुङ्ग, उपाध्यक्ष यमकुमार गुरुङ्ग,निर्वतमान अध्यक्ष कृष्ण गुरुङ्ग,लेउवा संघका उपाध्यक्ष लक्ष्मी त्रिपाठी, लेउवा संघका महासचिव बलराम ढकाल,नेका जिल्ला सदस्य कमल प्रसाद आर्चाय, नेका नगर सभापति राजेन्द्रमणी लामिछाने,लेखनाथ पत्रकार मञ्चका संयोजक भीमपाणी बराल, पत्रकार बिष्णुहरि पौडेल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...