अखण्ड नेपाल पार्टीको समानुपातिक उम्मेदवारको नाम घोषणा

पोखरा २३ असोज /अखण्ड नेपाल पार्टी गण्डकी धवलागिरी अञ्चल सम्वन्वय समितिले आज पोखरामा एक कार्यक्रम गरी समानुपातिकका उम्मेदवारहरुको नाम घोषणा गरेको छ । केन्द्रीय अध्यक्ष कुमार खण्ड्को प्रमुख आतिथ्यता तथा गण्डकी धौलागिरी अञ्चल समन्वय समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष पुष्पा के.सी भण्डारीको सभापतित्वमा भएको समानुपातिक उम्मेदवार घोषणा कार्यक्रमा बोल्दै प्रमुख अतिथी पार्टिका केन्द्रीय अध्यक्ष कुमार खड्काले पार्टीको घोषणा पत्रमा उल्लेखित जातीय विभेद, असमान ब्यवहार, राष्ट्रघाती र जनविरोधी सरकारको रवैया र धेरैलामो ईतिहाँस बोकेका राजनीतिक दलले विदेशीको ठेक्का जस्तो गरी जनविरोधी कार्य गरेको आरोप लगाउनुभयो ।

उहाँले सवै जाती जनजातीलाई हेर्ने दृष्टिकोणमा फरक फरक ब्यवहार भएकाले बैकल्पिक राजनैतिक शक्तिको रुपमा आफुलाई उभ्याई एक असल राष्ट्र, राष्ट्रप्रेमी र स्वाभीमानी नेपाली भै बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आफ्नो पार्टीको उम्मेदवारी अपरिहार्य भएको बताउनुभयो । सोही अबसरमा उहाँले निर्वाचनमा विजय हासिल गरी संविधानसभामा आफ्नो पार्टीको उपस्थिती अपरिहार्यता सावित गर्न खोजेको बताउँदै प्रत्यक्षतर्फका गण्डकी धौलागिरी अञ्चलका उम्मेदवारहरुलाई विजय शुभारम्भको शुभकामना सहित समानुपातिकमा पर्नुभएका उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै खादा अभिर लगाएर शुभकामना सहित जिम्वेवारी प्रदान भएको पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा अखण्ड नेपाल पार्टी कास्कीका अध्यक्ष एवं कास्की क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार पदम बहादुर कार्की, केन्द्रीय सदस्य भक्त बहादुर के.सी, उर्मिला खड्का लगायतले भावी निर्वाचन र पार्टीले अवलम्बन गर्नुपर्ने नितिका बारेमा समेत आ–आफ्नो धारणा राख्नुभएका जानकारी पार्टीका जिल्ला उपाध्यक्ष तथा प्रसार–प्रचार विभाग प्रमुख अर्जुन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...