रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर

पोखरा, २३ असोज/डिफेण्डर रोहित चन्द ४ महिनाका लागी मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । उनि नेपाली खेलाडीमा सर्वाधिक महंगा नेपाली फुटबलर बनेका छन्। इण्डोनेशियाको लिग खेल्दै आएका रोहितले ४ महिनाका लागी ६ लाख पाउने गरि क्लबमा आवद्धता जनाएको क्लबले जानकारी दिएको छ ।
roat chandयो नेपाली फुटबल खेलाडीले अहिलेसम्म पाएको सबैभन्दा धेरै पारिश्रमिक हो । विदेशी क्लबहरुबाट प्रस्ताव नआएसम्मका लागी रोहितले मच्छिन्दबाट खेल्ने क्लबले जनाएको छ । उनले मासिक डेढ लाख पाउनेछन् । टिमले राम्रो गरे बोनस पनि पाउने छन् ।’ रोहितले आफ्नो लक्ष्य विदेशी क्लबबाटै खेल्ने भएको भन्दै आफूहरुसँग रहेको ४ महिना नेपालकै क्लबाट खेल्न लागेको बताए ।

कमेन्टहरु
Loading...