सिमा नाकामा दैनिक जसो लुटिदै नेपालीहरु (भिडियो सहित)

गौरीघण्टा र बनबासा नाकामा दशैतिहार मनाउन घर फर्केका नेपालीलाइ भारतिय भन्सार कर्मचारीले दिनहुँ लुटिरहेका छन् । गौरीघण्टा सिमा नाकामा भारतिय कोतलवाली प्रहरी र भन्सार कर्मचारीको नेपाली प्रतिको ब्यबहार हेरिनसक्नुको छ ।
भारतिय गौरीघण्टा बजारमा नियमित सामान्य किनमेल गरेर फर्कने जो कोही नेपालीलाइ भारतिय भन्सार कर्मचारी जबरजस्ती पैसा असुल्ने लगायतका दुब्र्यबहार गर्र्ने गरेको दृश्य सामान्य भैसकेको छ । सिमा नाकामा लुटपाटको खबर आइरहेपनि लुटपाट रोक्न न नेपाली प्रसाशनले ले चासो दिएको छ न भारतिय प्रसाशनले । सिमा नाकामा एसएसबीले भन्दा बढि लुटपाट र ज्यादति भारतिय भन्सार कर्मचारीले गर्ने गरेका पिडितहरु बताउँछन् ।

सिमा नाकामा दैनिक जसो लुटिदै नेपालीहरु :गौरीघण्टा र बनबासा नाकामा दशैतिहार मनाउन घर फर्केका नेपालीलाइ भारतिय भन्सार…

Posted by Avenues Khabar on Tuesday, 1 October 2013

कमेन्टहरु
Loading...