उम्मेदवारलाई निवाचन आयोगको रोक, भोजभतेर नगर

पोखरा, २३ असोज/दशै तिहारको अवसरमा राजनीतिक दलहरु र उम्मेदवारले जलपान, भोजभतेर जस्ता कार्यक्रम गर्न नपाउने भएका छन् । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले दशैं तिहार, छठ जस्ता अवसर पारी राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ संगठन र पदाधिकारीले जलपान, भोजभतेर जस्ता कार्यक्रम गर्न रोक लगाएको हो ।
आयुक्त दोलखबहादुर गुरुङले भन्नुभयो(’शुभकामना आदान प्रदान गर्नु राम्रो हो तर, भोजभतेर, चियापान, जलपान लगायतका कार्यक्रम आचार संहिता आकर्षत हुने भएकाले हामीले रोक लगाएका छौं ।
राजनीतिक दलको झण्डा वा निर्वाचन चिन्ह छापिएको टोपी, टिसर्ट, झोला लगायतका सामाग्री प्रयोग गर्न पनि रोक लगाएको छ । राजनीतिक दलहरुले चुनाव प्रचारका क्रममा चुनाव चिन्ह भएको झोला, टोपी, टिसर्ट लगायतका सामाग्री प्रयोग गर्ने परेका छन् ।

कमेन्टहरु
Loading...