कांग्रेस क्षेत्र नं ४ को प्रचारप्रसार समितिको काार्यलय उद्घाटन

पोखरा, २३ असोज/नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं ४ को प्रचारप्रसार समितिको काार्यलय वुधवार विहान टुँडिखेलमा उद्घाटन गरिएको छ । कार्यालयको नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा र क्षेत्र नं ४ का उम्मेदवार यूवा नेता महादेव गुरुङ्गले संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन कार्यक्रममा वोल्द, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले कांग्रेसको काँधमा मुलुकलाई गम्भीर संकटवाट जोगाउने गहन जिम्मेवारी आएको वताउनुभयो । नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ का उम्मेद्वार यूवा नेता महादेव गुरुङ्गले हत्या हिँसाको राजनीति अन्त्य गरी संविधान निर्माण गर्न कांग्रेसको नेतत्वले मात्रै सक्ने वताउनुभयो । देश गम्भीर संकटमा रहेको तर्फ संकेत गर्दै, यूवा नेता गुरुङ्गले संकटमा रहेको प्रजातन्त्र र राष्ट्रियता जोगाउन संविधानसभाको चुनावमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । नेता गुरुङ्गले भन्नुभयो–राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र रहे मात्रै देशमा सवै जातजाती, भाषाभाषी, वर्गका नागरिकको उत्थान हुन्छ । क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गले प्रजातान्त्रिक संविधानले मात्रै देशमा स्थायी शान्ति र समृद्धि आउने दावी गरेका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा महासमिति सदस्य राचन्द्र त्रिपाठी, महाअधिवेशन प्रतिनिधि पोषनाथ शर्मा र रामप्रसाद अधिकारी, कांग्रेस जिल्ला सदस्य देवेन्द्र शेरचन, क्षेत्रीय उपसभापति मोति ढुङ्गाना, किसान संघका सभापति भेषराज पराजुली, सचिव खिमलाल वाँस्तोला लगायतले वोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...