पारसको संरक्षकत्वमा ‘एनआरएन’हरुको संजाल

काठमाडौ २३ असोज/संविधानसभा निर्वाचन जति नजिकिँदै छ, उति नै त्यसलाई बिथोल्न राजावादी सक्रिय भएका छन् । निर्वाचनलाई भताभुंग पार्नुपर्छ भन्दै राजावादीले विभिन्न छद्म नाममा संगठन खोलेर निर्वाचन विरोधी गतिविधीलाई तीब्र पारेका छन् । हाल उनीहरुले मातृभूमिका लागि युवा अभियान भन्ने मुख्य संगठन खोलेका छन् ।बाहिर(बाहिर ‘आफ्नो मातृमूभिका लागि केही गर्नुपर्‍यो,’ भनेर सोझा(साझा नेपालीसमेतलाई संगठित गर्ने र भित्र(भित्रै भने राजावादीको पकडमा राखेर आफैंले नेतृत्व गर्ने गरेका छन् । उनीहरुको मुख्य नारा नै ‘मातृभूमिका लागि युवा अभियान, अहिले नगरे कहिले गर्ने रु हामीले नगरे कसले गर्ने रु’ छ । स्रोतका अनुसार उनीहरुले थाइल्यान्डमा रहेका पूर्वराजकुमार पारस शाहका सहयोगी सुनील खड्काकै नेतृत्वमा संगठन खोलेका हुन् । यसलाई मुख्य भूमिका खेल्ने काम पारस शाहले गरेका छन् । पारस शाहको सल्लाह र भूमिका संगठनमा सिधा नभएर सुनील खड्कामार्फत हुने गर्छ ।

आवश्यक पर्दा पूर्वराजा ज्ञानेन्द्रसित पनि भित्री रुपमा सल्लाह लिने गरिएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ । बेल्जियममा सुरेन्द्र शाक्य, जर्मनीमा शैलेन्द्र भट्ट, बेलायतमा डा। गोपाल पौडेल, डेनमार्कमा कालोटोपी रमेशराज, पोर्चुगलमा लाल नेपाली, अमेरिकानिवासी लेखक शेखर ढुंगेललगायत नेपालीले यो संजालमा सक्रिय भूमिका खेलिरहेका छन् । अव उनीहरु युरोप, अमेरिका, न्युजिल्यान्डलगायत राजावादी भएका वा राष्ट्रवादी धारका पक्षमा रहेका नेपालीलाई समेटेर सबै देशमा शाखा खोल्ने तरखर गरिरहेका छन् ।

यो निर्वाचन असफल पार्न उनीहरुले सकेसम्म शिव सेना नेपाललाई पनि सक्रिय पारेका छन् । शिव सेना नेपालको युरोप कमिटी गठन भएको छ र त्यसको संयोजकमा शैलेन्द्र भट्ट छन् । भट्ट भने राजावादी संगठन मात्र फैलाउने भन्दा पनि युवालाई रोजगार सिर्जना गर्न विभिन्न विकासको काममार्फत जानुपर्ने तर्क गर्ने गरेका छन् ।

कमेन्टहरु
Loading...