पोखरामा च्याङ्ग्रा भित्रिद च्याङ्ग्रा लीनेको याम्दीमान भिड

सागर राज तिमिल्सिना
पोखरा, २३ असोज/दशैका लागी हिमालपारीबाट पोखरा ल्याउन च्याङ्ग्रा भित्रिन शुरु गरेको छन् । पोखरामा यस वर्ष झण्डै ५० हजार भेडा च्याङ्ग्रा भित्रिने अनुमान व्यापारीहरुको छ । गतवर्ष ७२ हजार भेडाच्याङग्रा भित्रिएकोमा यसवर्ष यसको संख्या घट्ने ब्यापारीहरु बताउँछन् ।

changra bhedaमुस्ताङ, मुगु, डोल्पा, चाइनाबाट ल्याइने भेडा च्याङग्राहरु पोखरा भित्रिए पछि भेडाच्याङग्रा किन्नेहरुको पोखरामा ठूलो भीड लागेको थालेको छ । लेकमा पाइने जडिबुटी खाएर हुर्केको भेडाच्याङ्ग्रा भएकोले मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दशैमा पोखरामा भेडाच्याङ्ग्राको माग बढी हुने गरेको छ ।

दशैको बेलामामात्रै पोखरा आसपासका क्षेत्रमा भेडा च्याङग्राको करिब ३० करोडको कारोबार हुने गरेको छ । कास्कीको याम्दीमा भेडा च्याङग्रा विक्रीका लागी राखिएका छन । मुस्ताङमै यसपाली खोर्यात रोगलागेको र चिनवाट प्रयापत मात्रामा समेत च्याङग्रा नभित्रीएपछि च्याङग्राको संख्या घटेको हो । आवस्यकता भन्दा कम च्याङग्रा आउने र विभिन्नि ठाउँमा महङगो कर तिर्नुपर्नै भएकोले पोखरेलीलाई गतवर्षभन्दा महङगो रकम तिर्नुपर्ने व्यापारीहरुले वताएका छन् ।

रोजाईका च्याङग्रालाई ग्राहकले २२ हजार रुपैयाँसम्म तिरेर किन्नु पर्ने वाध्यता रहेको छ । अहिले पोखरामा भित्रीएका च्याङग्रा पश्चिमाञ्चलका विभिन्न शहर तथा राजधानीसम्म निकासी हुदै आएको छ । च्याङग्राहरुको मुल्य बढे सगै पोखराका बासीन्दा खसि बोका किन्नका लागी गाउँ गाउँ तिर जान थालेका छन् ।

कमेन्टहरु
Loading...