समावेशी टोलमा बृक्षारोपण

पोखरा, २२ असोज /विजया दशमी तथा दिपावलीको अवसरमा पोखराको चाउथेस्थित समावेशी टोलमा बृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार गरिएको छ । समावेशीटोलमा रहेको समाज घरको परिसरमा गलुमोहर, सिरिष, सम्मी, रुदाक्ष, अशोक, धुपी लगायतका करिव ५० वटा विरुवा रोपिएको थियो ।पोखरा उपमहानगर पालिका र आवासको लागि सहयोग समुह लमुन्तिको साझेदारीमा संचालित क्लिफ परियोजनाका व्यवस्थापन समितिका सदस्य तथा नागरिक अगुवा रामबहादुर पौडेलले शुभारम्भ गर्नुभएको बृक्षारोपणमा टोलका उपभोक्ताले सामुहिक बृक्षारोपण गरेका थिए ।

यसैबीच टोलमा निर्माण गरिएको समाज घरको पनि उद्घाटन गरिएको छ ।करिव ५ लाखको लागतमा निर्माण गरिएको भवनको पौडेलले उद्घाटन गर्नुभएको थियो । भवन निर्माणको लागि लुमन्तिले १ लाख ५० हजार, देवलाल गिरीले करिव ७० हजारको फर्निचर, उमभोक्ताले करिव २ लाख ५० हजार सहयोग गरेका थिए भने बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले ५० हजार बराबरको निर्माण सामाग्री दिने घोषणा गर्नुभएको छ ।

समावेशी टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा टोल निर्माणमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने रामबहादुर पौडेल, समाजसेवी भिमसेन थापा, टोलकै देवलाल गिरी र बाबा फाउण्डेसनलाई कदर पत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा लुमन्तिका कर्मचारीकोतर्फबाट समावेशी टोललाई नगद ७ हजार सहयोग गरिएको थियो ।शुभकामना आदान प्रदान कार्यक्रममा अधिकारकर्मी पौडेलले दशैमा दुई छाक टार्न नसक्ने व्यक्ति फेला परेका जानकारी दिन आग्रह गर्दै उनीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

समावेशी टोल विकास संस्थाका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगरटोल समन्वय समितिका अध्यक्ष उज्वल खत्री, उपाध्यक्ष उत्तम जोसी, समाजसेवी भिससेन थापा, लुमन्तिका फिल्ड संयोजक यज्ञराज कार्की, समावेशी टोल आवास व्यवस्थापन समितिका अध्यक्ष लोकप्रसाद बञ्जरा, कोषाध्यक्ष सितादेवी गिरी, सन्दुर समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी लामा, समावेशी टोल विकास संस्थाका सचिव नविनकिरण भुषाल, कोषाध्यक्ष राममणि दाहाल, लुमन्तिका कर्मचारी सन्तोष जिसीले विजया दशमीले सबैमा नयाँ सोंच, जागर, सकारात्मक काम गर्ने उर्जा दियोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्लीफ परियोजना अन्र्तगत पोखराको चाउथेस्थित समावेशी टोलमा ७५ वटा घर निर्माण कार्य धमाधम भइरहेको छ ।आगामी मंसीरमा घर निर्माण पुरा गर्ने गरी कामलाई तिव्रता दिईएको छ ।पोखरामा भाडामा बस्दै आएका वर्गलाई लक्षित गरी परियोजना संचालन गरिएको हो ।

कमेन्टहरु
Loading...