अन्तर क्लव भलिवलको उपाधि गुरासेभुमि क्लबलाई

पोखरा २२, असोज/कास्की पुरन्चौरमा मंगलबार सम्पन्न भएको अन्तर क्लब भलिवल प्रतियोगिताको उपाधि माछापुच्छ गाविसको गुरासेभुमि क्लबले जितेको छ । भारतीय भवन उच्च माविको भलिवलकोर्ट मैदानमा निकै प्रतिष्पर्धामा सम्पन्न भएको फाइनल खेलमा गुरासेभुमिले लामाचौरको नव आर्दश क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

volleyballगुरासेभुमिले नव आर्दशलाई २९–२७, २२–५, २६–२४ र २५–१५ को सेटमा पराजित गर्दै उपाधि सहित नगद २० हजार ट्रफी मेडल प्रमाणपत्र पायो । उपविजेता भएको नव आर्दशले १५ हजार पुरस्कार पायो । प्रतियोगितमा गुरासेभुमिका सुनिल विक उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, नव सृजनशिल युवा क्लबका संस्थापक अध्यक्ष कृष्ण अधिकारी, क्लवका अध्यक्ष शेखर गौतम, भारतीय भवन उच्च माविका प्राचार्य दिपक पौडेल लगायतले पुरस्कार वितरण गर्नू भएको थियो ।

नव सृजनशिल युवा क्लबको आयोजनामा ४ दिनसम्म चलेको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक इमानराज पौडेलले बताउनु भयो । कार्यक्रममा बोल्दै रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले घरदेखि पार्टीसम्म फुटेको समयमा जुट्नुपर्ने बताउदै ग्रामिण भेगमा आयोजना हुने यस्ता प्रतियोगितालाई सफल पार्न संचारमाध्यमबाट आफुले सक्दो सहयोग गर्ने वचन दिनु भएको छ । सृजनशिल युवा ज्ञान, सिप र कला भन्ने नारा सहित क्लवले विगत ६ बर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष गौतमले बताउनु भयो । उक्त फाईनल खेलको रौनक हेर्नेहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...