सफल पोखरा कपको तयारी अन्तिम चरणमा

पोखरा,असोज २२ गते । तेश्रो संस्करणको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता कात्तिक ५ देखि १६ गतेसम्म पोखरा रगंशालामा संचालन हुदै छ । प्रतियोगितामा नेपालका उत्कृष्ट ८, बिदेशी ३ र आयोजक १ टिम गरी जम्मा १२ टिमको सहभागिता रहने कास्की जिल्ला फुटबल संघका अध्यक्ष गोपीबहादुर भटराईले जानकारी दिनु भयो । प्रतियोगितामा अष्ट्रेलियाको यती एफसी, हङंकंङ नेप्लीज फुटबल एशोसियसन, भुटानको राष्ट्रिय टिम तथा नेपालका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, लक्ष्मी बैङ्क थ्रीस्टार क्लब,एन.आई.बि.एल फ्रेण्डस क्लब,सामसुङ जावलाखेल युथ क्लब,यति हिमालयस शेर्पा क्लब,त्रिभुवन आर्मी क्लब,ए.पि.एफ क्लब, यू–१६ र पोखरा ११ गरि १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको उहाँले जानकारी दिनु भयो ।

safalगत वर्ष नेपालका ८ टिम भारत भुटान, बंगलादेश र आयोजक टिम गरि १२ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा गत वर्षको पुरस्कार राशी बृद्धि गरिएको छ । तेश्रो संस्करणको विजेताले रु.३ लाख ५५ हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले रु. २ लाख एक हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।प्रतियोगितामा सवौत्कृष्ट खेलाडिलाई मोटरसाइकलन प्रदान गरिने छ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्स, स्टाईकर, हाईस्कोरर र प्रशिक्षकलाई जनहि नगद रु १५ हजार पुरस्कार प्रदान गरिने भटराईले जानकारी दिनु भयो ।
प्रतियोगितालाई विगत वर्ष भन्दा थप वृहत र आकर्षक बनाउन पोखरा रगंशालामा भौतिक निमार्ण र मैदान मर्मत गरेको एन्फा कास्कीले जनाएको छ । पोखरा रंगशालाको खेल मैदान हरियाली बनाउन दुबो रोप्ने, प्याराफिट मर्मत तथा रगंरोगन गर्ने काम भैरहेको र मैदान मर्मतका लागी हाल सम्म करिव तिन लाख रुपैयाँ खर्च गरिएको आर्थिक संयोजक मदन केसीले जनाकारी दिनु भयो । प्रतियोगिताको लागी प्रचार प्रसारका लागी पोखराका विभिन्न ठाँउमा होर्डिङ बोर्ड, पोष्टर पम्प्लेट टास्ने लगायतका काम सकिएको एन्फा कास्कीका महासचिव राजन पौडेलले जानकारी दिनु भयो ।
प्रतियोगिता सम्पन्न रु.५५ लाख ६० हजार खर्च हुने र दश लाख भन्दा बढी रकम बचत गर्ने लक्ष्य संघले लिएको छ । बचत रकम संघको खेलाडी अक्षय कोषमा राख्ने उद्देश्य लिएको अध्यक्ष भटराईले बताउनु भयो । हाल कास्की जिल्ला फुटबलले स्थानपना गरेको अक्षय कोष आठलाख रुपैयाँ संकलन भएको छ ।

कमेन्टहरु
Loading...