अवसर पाएँ गरेर देखाउँछु – रञ्जित

पोखरा, २२ असोज। लोकतान्त्रिक फोरम कास्की क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेद्बार प्रज्वल रञ्जितले जनताको पक्षमा संविधान लेख्नका लागि आफ्नो उम्मेद्वारी भएको बताएका छ। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान सभाको निर्वाचनमा आफुलाई सहयोग गर्न पनि सवै समक्ष अपिल गरेका छन्।

युवा जोश, जागँर र उत्साहका साथ निर्वाचनमा होमिएको छु उनले भने – सवैबाट रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा गरेको छु। संविधान सभामा युवाका मुद्वामा आफुले आवाज उठाउने उनले प्रतिवद्वता व्यत्त गरेका छन्। कुराभन्दा बढि काम गर्नुपर्छ, काम गरेर देखाउनु नै मेरो लक्ष्य हो उनले भने – अवसर पाएँ गरेर देखाउछु।

युवा नेता रञ्जितले आफु सदैव जातिय सद्भावको पक्षमा रहेको स्पष्ट पारेका छन्। सवै जातजाति र भाषाभाषि मिलेर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाई छ। उनले पोखरा पर्यटकीय क्षेत्र भएकाले पोखराको विकासका लागि पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए। यद्यपी उनले आफुलाई विजयी गराए समग्र पोखराको विकासका लागि नै समर्पित हुने बताए।

उनले विभिन्न राजनीतिक दलका नेताहरुले बोलेका कुरा व्यवहारमा गरेर देखाउन नसक्दा मुलक पछाडी परेकोभन्दै चिन्ता व्यक्त गरे। पोखरा – १० रामबजार निबासी रञ्जित समाजसेवीका रुपमा परिचित छन्। उम्मेद्वारी दर्तासँगै उनले चुनावी प्रचार अभियानलाई तिव्र पारेका छन्।

कमेन्टहरु
Loading...