खुमबहादुर भोली छुट्दै, जेल मै भटे १ लाख २३ हजारलाई

पोखरा, २२ असोज/भ्रष्टाचारमा सजाय पाएर डिल्लीबजार सदरखोरमा १४ महिना समय बिताउँदा कांग्रेस नेता खुमबहादुर खड्कालाई भेट्न जेल पुग्नेको संख्या निकै बढेको छ । खड्का भेट्न सोमबारसम्म १ लाख २३ हजार व्यक्ति डिल्लीबजार कारागार पुगेका छन् । उनलाई नियमित जेलमा भेटघाट गर्ने प्रबन्ध मिलाउँदै आएका मोरङ कांग्रेस नेता रमेशजंग रायामाझीका अनुसार सोमबारसम्म पार्टी सभापतिदेखि सर्वसाधारणसम्म गरी सो संख्यामा भेटघाटका लागि आएका आजको राजधानीमा खबर छ ।उम्मेदवारको विषयमा पार्टीभित्र विवाद बढेपछि गत साता कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासमेत डिल्लीबजार कारागारमै पुगेर खड्कालाई भेटेका थिए । खड्कालाई भेट्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरूसमेत पटकपटक पुगेको देखिएको छ ।
यस्तै, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी पनि उनलाई भेट्न जेल पुगेका छन् । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई जेल गएका खड्का बुधबार भोलि तोकिएको सजाय काटेर जेलमुक्त हुँदै छन् ।

कमेन्टहरु
Loading...