कास्कीमा निर्बाचनको लागि ४६ सय कर्मचारी

गोकुल बानियाँ/पोखरा २२ असोज । दोस्रो संबिधानसभा निर्बाचनको लागि कास्कीमा ४ हजार ६ सय कर्मचारी खटिने भएका छन् । जिल्ला निर्बाचन कार्यालय कास्कीले निर्बाचनमा खटिने कर्मचारीको बिबरण सोमबार जिल्ला निर्बाचन अधिकृतको कार्यालयमा बुझाएको छ । निर्बाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीका अनुसार आयोगले १३ सय सरकारी, १७ सय संस्थानका कर्मचारी र १६ सय शिक्षकको नामावली सहितको बिबरण निर्बाचन अधिकृतको कार्यालयमा बुझाएको छ ।

निर्बाचनको लागि कास्कीका एक सय ४७ स्थानमा २ सय ९२ मतदान केन्द्र तोकिएको छ । कास्कीमा अघिल्लो निर्बाचन भन्दा १९ वटा मतदान केन्द्र थप भएका छन् । यो निर्बाचनको लागि कास्कीमा मतदाताको संख्या घटेको छ भने दल र उम्मेदवारको संख्या भने बढेको छ । अघिल्लो संबिधानसभा निर्बाचनको तुलनामा यो पटक एक लाख १७ हजार मतदाता घटेको जिल्ला निर्बाचन कार्यालय कास्कीले जनाएको छ ।

यसैबिच जिल्ला निर्बाचन कार्यालय कास्कीले कास्कीमा प्रत्यक्ष तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । आयोगले तोकेको समयमा कास्कीमा उमेदवारी दिएका कुनैपनि उमेदवारको बिरुद्धमा दाबि, बिरोध वा उजुरी नपरेकाले दर्ता भएका सबै उम्मेदवारको नाम अन्तिम नामावलीमा समेटिएको छ ।

कास्कीमा बिभिन्न दलबाट ७० र १० स्वतन्त्र गरी ७० जनाले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका थिए । कास्कीको क्षेत्रमा ३ र ४ एकिकृत माओबादी र एमाले ४ मा उम्मेदवारको बिरुद्धमा बागी उम्मेदवारी दर्ता भएको छ ।

कमेन्टहरु
Loading...