पोखराको शहीद स्मृती पार्कमा रवीन्द्र अधिकारीको शालिक

पोखरा, १५ फागुन/ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना हुदाँ ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक बिहीबार अनावरण गरिएको छ ।

पोखरा १८ ग्यारेजाती जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरे ।

पार्कको माथील्लो भागमा पूर्ण कदको रंगीन शालिक अनावरण गरिएको हो । सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर रवीन्द्रको शालिक बनाएका हुन् ।

अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । अधिकारीको पहिलो स्मृतिमा पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

पोखराको शहीद स्मृती पार्कमा रवीन्द्र अधिकारीको शालिक
पोखराको शहीद स्मृती पार्कमा रवीन्द्र अधिकारीको शालिक
पोखराको शहीद स्मृती पार्कमा रवीन्द्र अधिकारीको शालिक
पोखराको शहीद स्मृती पार्कमा रवीन्द्र अधिकारीको शालिक
कमेन्टहरु
Loading...