फेवातालमा बेपत्ता लुईटेल मृत फेला

पोखरा, १३ फागुन / पोखराको फेवातालमा सोमबार देखी बेपत्ता भएका २७ बर्षिय सुमित भन्ने राम शरण लुईटेल मृत फेला परेका छन् ।

फेवातालमा डुङगा डुब्दा वेपत्ता रहेका काठमाण्डौ महानगरपालिका १० कपनका २७ बर्षिय सुमित भन्ने राम शरण लुईटेल मृत फेला परेका हुन् ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिईगएको उद्दार टोलिले खोजतलासका क्रममा फेवातालमा मंगलबार मृत फेला परेका हुन् ।

डुङ्गामा सवार ३ जना मध्य जिल्ला काठमाण्डौ महनागरपालिका १० कपन बस्ने वर्ष २७ को सुविन चालिसे र २८ बर्षिय रुपेश अधिकारीको सोमबार शकुसल उद्दार भएको थियो ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...