नेपाली युवा उद्यमी मञ्च (NYEF) पोखराको अध्यक्षमा पुनित वैद्य

पोखरा, १० फागुन / नेपाली युवा उद्यमी मञ्च (nyef एनवाईईएफ) पोखराको अध्यक्षमा पुनित वैद्य निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न १५ औं साधारणसभा तथा १० औ अधिवेशनले वैद्य सहित नयाँ समिति सर्वसम्मतीमा चयन गरेको छ ।

मञ्चको निवर्तमान अध्यक्षमा वैभव पौडेल, प्रेसिडेन्ट इलेक्टमा सुनिलबहादुर भट्टराई, प्रेसिडेन्ट नोमिनीमा सुयास मल्ल, प्रोग्राम चियरमा निरन केसी, फाइनान्स चियरमा इन्जिनियर विशेष थापा चयन भएका छन् । कार्यसमिति सदस्यमा मीलन केसी, सूर्यप्रसाद बराल, विनय थापा, समेज राजभण्डारी, निकेश द्वा र इन्जिनियर सरोज कायस्थ छन् ।

नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा पुनित वैद्य
नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा पुनित वैद्य

युवा उद्यमीहरुको साथ र सहयोग लिएर कार्यकाललाई सफल बनाउने निर्वाचित अध्यक्ष वैद्यले प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालमा देश विदेमा समेत कार्यक्रम तयगर्ने बताए । कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई निबर्तमान अध्यक्ष वैभव पौडेलले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च अध्यक्ष निकोलस पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले युवा उद्यमीहरुको भूमिका तथा उद्यमशीलताको सम्भावना र अवसरका बारेमा धारणा राखेका थिए । उनीहरुले नीजि क्षेत्रका युवाहरु अब राज्यलाई नीति निमार्णमा समेत सरकारलाई सचेत गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...