तनहुँमा सवारी दुर्घटना हुदाँ पैदलयात्रीको मृत्यु

पोखरा, १० फागुन / तनहुँको व्यास नगरपालिका १२ कमलबारी स्थित पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

ग१ख ९६१८ नम्बरको बसले पैदल यात्री तनहुँ व्यास नगरपालिका १२ देउराली थानी गैरा बस्ने अन्दाजी ४५ बर्षिय विष्णुमाया थापालाई ठक्कर दिँदा मृत्यु भएको हो ।

घाईते भई उपचारको लागि जिल्ला अस्पताल दमौली पठाईएकोमा चिकित्सकले मृत घोषणा गरे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको उनले जानकारी दिए ।

त्यसै गरी बाग्लुङ जैमिनी नगरपालिका ३ बाँसखानिमा जेसिबि स्टार्ट गरी ईन्जिन तताउने क्रममा जेसिबि चल्दा सह चालक घाइते भएका छन् । बागलुङ जैमिनि नगरपालिका ९ बस्ने १७ बर्षिय सागर थापा घाइते भएका हुन् ।

कमेन्टहरु
Loading...