पोखरामा कार सडकमै पल्टियो, एक जनाको मृत्यु

पोखरा, ९ फागुन / पोखरामा शुक्रबार भएको भयानक कार दुर्घटनामा एक महिलाको ज्यान गएको छ । पोखरा १७ छोरेपाटनमा ग २ च ७७६३ नम्बरको कार दुर्घटना हुँदा सोही ठाउँ बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

चालक सहित ५ जना सवार कारमा ४ वर्षीया बालक अशिम थापा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

कारमा मृतक क्षेत्री, बालक अशिमसँगै अन्दाजी ३ वर्षीया बालिमा रेबिका क्षेत्री, २१ वर्षीया बिना थापा मगर र चालक २८ वर्षका शिव पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक क्षेत्री र बालिका आमाछोरी हुन् । कारमा सवार सबै छोरेपाटन बस्दै आएका छन् । पोखरा २२ भ्याग्लुङ खोलाबाट छोरेपाटन फर्कँदै गरेको कार सडकमै पल्टिएको थियो ।

दुर्घटना भएको ठाउँमा टर्निङ थियो । चालकले त्यो टर्निङ कटाउन खोज्दा भित्तामा गएर ठोक्किएर सडकमा नै गाडी पल्टिएको स्थानीयले बताएका छन् ।

कमेन्टहरु
Loading...