टांशी छ्योएलिङ्ग गुम्बाले दशैलाई अहिंशा पर्वको रुपमा मनाउने

पोखरा २१ असोज/पोखरा १० बुद्ध शान्ति मार्गमा रहेको टांसी छ्योएलिङ्ग गुम्बाले नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर ३ दिने जिवन दर्शन वारे प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । सम्पूर्ण भाषा धर्म संस्कृतिका ब्यातिmहरुले आ आफ्नै शैलीले बिजया दशमी मनाइरहेको वेलामा गुम्बा र घान्दू्रक मेश्रम बराह तमु समाजको आयोजनामा ३ दिने जिवन दर्शन सम्वन्धी प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गुम्बाका लामा गुरु आम्ची गोपाल गुरुङ्गले जिवन दर्शनको वारेमा प्रवचन दिएका थिए । गुरु आम्ची गोपालले भगवान गौतम बुद्धको जिवन दर्शनको वारेमा प्रवचन दिइएको थियो । प्रवचनका क्रममा गुरुङ्गले मानिसमा हुने रिस, अज्ञानी, तृष्णा, घमण्ड, चुक्ली लगाउने लगायतका गुणलाई जिवनदर्शनको माध्यामबाट भगवान गौतम बुद्धले जसरी हटाउनु पर्नेमा जोड दिए ।

विजया दशमीलाई बौद्ध धर्मावलम्बीहरुले अहिंसा पर्वको पर्वको रुपमा मनाइ समाजमा अशान्ति र हिंसा नगर्नका लागी सम्पूर्ण मानवजातीहरु लाग्नुपर्नेमा गुरुले जोड दिइएको घान्दु्रक समाज म्हनेपा आमा समुहका अध्यक्ष देवु गुरुङ्गले जानकारी दिइन । गुरुङ्गका अनुसार ३ दिन सम्म चलेको शिविरमा ८० भन्दा वढी आमाहरुको सहभागीता रहेको थियो । यसैविच विजया दशमीको अवसरमा गुम्बाले आगामी २६ गते शनिवार महाअष्टमीको अवसर पारेर विजया दशमी अहिंसा पर्वको रुपमा मनाउनका लागी एकदिवशीय अष्टशिल उपाषक ब्रत तथा सामुहिक म्हनीजप कार्यक्रम गरिने गुम्बाले जनाएको छ ।

विजया दशमीको अवसरमा विभिन्न देवी देवताको पुजा आजा गरी पशुवली गर्ने भएकाले पशुहरुको आत्माको कामना स्वरुप अहिंसा पर्वको रुपमा आफुहरुले म्हनीजप कार्यक्रमको अयोजना गरकोे गुम्बाका लामा आम्ची गोपाल गुरुङ्गले वताए । उनले भने नेपालभर दशैको अवसरमा पशुवली तथा पशु हत्या वढी मात्रामा हुने भएकाले उतm अवधिभर हत्या गरिएका पशुहरुको आत्माको शान्तिको कामना स्वरुप अष्टशिल उपाषक ब्रत बसी सामुहिक म्हनीजपको आयोजना गरेका हौ । अघिल्लो वर्षहरुमा पनि गुम्बाले दशैको अवसरमा निशुल्क शिविर, म्हनीजप लगायतका कार्यक्रमहरु गर्दै आइरहेको गुम्बाले जनाएको छ ।

कमेन्टहरु
Loading...