हङकङ सहारा साँझबाट २० लाख बचत

पोखरा, २१, असोज/सहारा साँझ हङ्गकङ्ग २०१३ बाट २० लाख रुपैया बचत भएको छ । गत भदौ ९ गते सहारा क्लव हङकङले जोर्डनस्थित सिमसाइ सुईहलमा आयोजना गरेको उक्त कार्यक्रमबाट ४४ लाख आम्दानी हुदा उक्त रकम बचत भएको सहारा क्लव हङकङले जनाएको छ ।

saharaउक्त कार्यक्रममा प्रबेश शुल्कबाट ३३ लाख, प्रायोजकबाट १० लाख आम्दानी गर्न सफल भएको सहारा क्लव हङकङका कोषाध्यक्ष सुमित्रा गुरुङले आईतबार हङकङमा आयोजित आय–व्याय सार्वजनिक कार्यक्रममा जानकारी गराएकी हुन। एक दिने उक्त कार्यक्रम सम्पन्न गर्न खर्च २४ लाख भएको गुरुङले बताईन । कार्यक्रम संयोजक रेनु गुरुङले उक्त कार्यक्रम सफल पार्न सहयोग पुराउने सहयोगदाता, कलाकार, पत्रकार, स्थानीय एवम अन्य संघ सस्था एवम व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेकी छन ।

नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापाले सहारा क्लवले प्रेरणादायी कार्य गरेको भन्दै पं्रशम्सा गरे । सल्लाहकार एवं एनआरएन अङकङका दुर्गा गुरुङले हङकङमा सवै भन्दा पछिल्लो क्रममा स्थापना भएको संस्थाले हङकङमा स्थापना भएका करीब ५०÷६० वटा संस्थालाई प्रेरणाको रुपमा आय–व्याय सार्वजनिक गरेर उदाहरणीय कार्य गरेको बताए । उनले भने“हङकङमा थुपै्र संस्थाहरुले बर्षेनी विभिन्न प्रयोजनको लागि यस्ता सांगीतीक कार्यक्रम गर्दै आए पनि मैले थापा पाएको यो नै पहिलो संस्था हो” ।

सहारा क्लव हङकङका प्रमुख सल्लाहकार एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक तुल्सी गुरुङले सहारा क्लवले सामाजिक तथा फुटवको खेलको विकासमा लाग्दै आफ्नो शाखाको रुपमा वेलायत हुदै हङकङम्म छाएकोमा खुसि व्यक्त गरे । नेपाल पत्रकार महासंघ अङकङका अध्यक्ष किसन राईले सहारा क्लवले बर्षेनी सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराउदै आएकोमा खुसि व्यक्त गर्दैै यस्ता क्लबलाई सहयोग गर्नु उचिन हुने विश्वास व्यक्त गरे । सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले बचत रकम मध्य केहि रकम सहारा एकेडेमिलाई केहि दिनमा पोखरामा नै हस्तान्तरण गरीने बताउदै आगामी दिनमा समेत यस्तो कार्यक्रम आयोजना गर्ने बताए ।

सहारा एकेडेमिको सहयोगार्थ हङ्गकङ्गमा सम्पन्न सहारा साँझ हङ्गकङ्ग २०१३ मा सहभागि हुन नेपालबाट सहारा क्लवका निर्वतमान अध्यक्ष विक्रम थकालीको नेतृत्वमा एक टोली हङकङमा पुगेको थियो । त्यसै गरी दोहोरी गायक जिवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार, फोटो पत्रकार सुर्दशन रञ्जित, एवं उद्घोषकमा संचारकर्मी दीपेन्द्र श्रेष्ठ सहितको टोली हङकङ पुगेको थियो । वेलायतबाट गायक विवेक श्रेष्ठ र सहारा क्लवका यूकेका अध्यक्ष नविन गुरुङ, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङ हङकङ पुगेका हुन । सहारा क्लवले २६ रोपनी क्षेत्रफलमा करीब २ करोडको लागतमा सहारा एकेडेमी हालै निमार्ण गरेको हो । हाल एकेडेमिमा १६ जना वालकहरु रहेका छन ।

कमेन्टहरु
Loading...