पोखरा म्याराथनको उपाधि जापानीज धावक यसुकेलाई

पोखरा, ३ फागुन/ पोखरा अन्तराष्ट्रिय म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यसुके ताकानासीले जितेका छन् । उनले ४२.१९५ किलोमिटरको दुरीलाई २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । उनी पोखरा म्याराथन जित्ने पहिलो अन्तराष्ट्रिय खेलाडी हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहर धावक हुन् ।

१३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिताको म्याराथनमा स्वर्ण पदक जितेका शसस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो स्थानमा चिक्त बुझाए । उनले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापाले जिते । उनले २ घण्टा २९ मिनेटको पुरा गरे । चौथो स्थानमा भने गणेशसिंह ठकुरी रहे । म्याराथन विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो स्थानका थापाले ७५ हजार र चौथो स्थानमा रहेको ठकुरीले १५ हजार रुपैयाँ सन्त्वना स्वरुप प्राप्त गरे ।

१० किलोमिटर पुरुष तर्फको प्रतिस्पर्धामा स्याङजाका पूर्णबहादुर कार्की, मोरङका याङदेव राई र पर्वतका आशिष कुँवर पहिलो, दोस्रो र तेस्रो भयो । महिला तर्फ धरानकी इन्द्रकला राई, सोलुखुम्बुकी अनिता राई र अमेरिकन धावक वेण्डीले तेस्रो स्थान जित्न सफल भए । उनीहरुले पुरस्कार स्वरुप १५, १० र ५ हजार नगद प्राप्त गरेका छन् ।

५ किलोमिटर छात्र तर्फको प्रतिस्पर्धामा विनोद गुरुङ प्रथम, विवेक परियार दोस्रो र प्रदीप भुजेल तेस्रो भएका छन् । त्यसैगरी छात्रा तर्फको प्रतिस्पर्धामा विनु विक प्रथम, प्रतिक्षा सुवेदी दोस्रो र माधुरीदेवी कुर्मी तेस्रो स्थानमा रहिन् । ह्वीलचियर प्रतिस्पर्धामा पुरुष तर्फ सुरेश गौली, भरत अधिकारी र खुमबहादुर पाण्डेले प्रथम, द्धितीय र तृतीयको पुरस्कार थापे । महिला तर्फ पुनम विक, धना मगर र लक्ष्मी सुनार क्रमश नगद ५, ३ र २ हजार प्राप्त गरे ।

दृष्टिविहीन दौडमा पुरुष तर्फ प्रमोद दाहाल, आशिष खड्गी र प्रेम क्षत्री प्रथम, द्धितीय र तृतीय भए । महिला तर्फ विनिता सुनार, सृजना परियार र सुकमाया विक प्रथम, दोस्रो र तेस्रो हुदैं क्रमश ५ , ३ २ हजार रुपैयाँ नगद प्राप्त गरे । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको प्रायोजनमा आयोजित पोखरा म्याराथनमा १०५ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।

कमेन्टहरु
Loading...