धर्मशिला वुद्ध विहारमा सरसफाइ

पोखरा, २१ असोज/नेपालीहरुको महान पर्व विजय दशमीको अवसरमा रेडियो अन्नपुर्णले घटस्थापनादेखि सुरु गरेको अन्तर धार्मिक बृहत सरसफाई, शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम अन्र्तगत सोमवार पोखरा नदीपुरस्थित धर्मशिला वुद्ध विहारमा सम्पन्न भएको छ ।‘बडादशैं ः सबै नेपालीको दशैं’ भन्ने मूल नाराका साथ धार्मिक सद्भावलाई बृद्धि गर्नुका साथै दशैलाई एकता र साँस्कृतिक पर्वको रुपमा रेडियोले यस वर्ष चार छुट्टाछुट्टै धार्मिक स्थलमा फरक÷फरक दिन सरसफाई र अन्तरक्रिया गरेको हो । धर्मशीला बुद्ध विहार सरसफाई पछि अयोजित अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु श्रद्धानन्द महास्थवीरले दशैलाई सबै नेपालीको पर्व, अहिंसाको पर्वको रुपमा मनाउन आग्रह गर्नुभयो ।

गौतम बुद्धले प्राणाीले स्वतन्त्र पुर्वक वाच्नुपाउनुपर्दछ भन्नुहुन्थ्यो भन्नुहुदै भिक्षु महास्थवीरले चाडपर्वमा बलीको नाउँमा गरिने पशु हत्याको अन्त्यका लागि आग्रह गर्नुभयो । उहाँले दशै सबैको सद्भाव, मित्रता, एकता, दया माया कार्यक्रम राख्ने पर्वको रुपमा विकास गर्नुपर्ने जोड दिनुहुदै शहर, टोलमात्रै नभई मानव अन्र्तरमनबाटै सफा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा धर्मशिला बुद्ध विहारका अध्यक्ष कृष्णमान गुभाजुले विहारको ऐतिहासिकता व्याख्या गर्नुहुदै र्धमशीला गुरुआमाको नाँउमा विक्रमाब्द १९९८ मा स्थापना भएको विहारले पोखरामा बुद्ध धर्म, शिक्षा र सामाजिक संघ संस्थाको विकाशमा अग्रणी भुमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

दायाक सभाको अध्यक्ष समेत रहनु भएका लाभाजुले धर्मशिला बुद्ध विहार अन्र्तगत दायाक सभा, युवा बौद्ध संघ, ज्ञानमाला संघ र बौद्ध उपासिका संघ क्रियाशील रहेको र जिल्ला शाखाको रुपमा धर्मोदय सभाले गतिवीधि सञ्चालन गरिरहेको र सुदम्मा स्मृति पुरस्कार सञ्चालन, धर्मशिला विद्धत वृत्तिबाट वार्षिक एक जनालाई सम्मान र बुद्ध शिक्षाको केन्द्रको रुपमा विकाश गरिएको जानकारी दिनुहुदै अहिंसाको पर्व दशैको शुभकामना र रेडियो अन्नपुर्णको समाजप्रतिको उत्तरदायित्वको सह्राना गर्नुभयो ।

धर्मशीला मार्ग टोल विकास संस्थाका अध्यक्ष सनकमान सिकेले दशैलाई अहिंसा पर्वको रुपमा मनाउन आग्रह गर्नुहुदै सामाजिका कार्यमा रेडियो अन्नपुर्णको अग्रणी भुमिकाले निरन्तरताको शुभेच्छा प्रकट गर्नुभयो । ्ज्ञानमाला संघका अध्यक्ष विक्रम उदासले वडा दशैं सबैको दशै बनाउनुपर्नेमा जोड दिनुहुदै दशैका दिन पञ्चशील र प्रवचन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

युवा बौद्ध संघका अध्यक्ष सन्देस उदासले रेडियो अन्नपुर्णले दशैको अवसरमा सरसफाईका साथमा सबै धर्म सम्प्रदायलाई समेटेर कार्यक्रम गरेकोमा अन्तर सद्भाव बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । रेडियो अन्नपुर्णका प्रवन्ध निर्देशकको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा धर्मोदय सभा कास्कीका अध्यक्ष कुलामान बुद्धाचार्य, ज्ञानमार्ग स्वतन्त्र महिला समुहका अध्यक्ष भोजकुमारी उदास लगायतले रेडियो अन्नपुर्णको सामाजिक कार्यको प्रसंशा गर्नुहुदै दशैलाई सद्भाव र अहिंसा पर्वको रुपमा मनाउन आग्रह गर्नुभएको कार्यक्रम संयोजक हुमबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकार्य गरेको संस्था धर्मशीला बुद्ध विहारका प्रमुख महास्थवीरलाई रेडियो अन्नपुर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेल मायाको चिनो प्रदान गर्नुभएको थियो । यसअघि मालेपाटनस्थित मनकामना मन्दिर, मियाँपाटनस्थित जामे मस्जिदमा सरसफाई, शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भने मंगलवार रामघाटमा रहेको पोखराकै सबैभन्दा पुरानो चर्चमा सरसफाई गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पश्चिममाञ्चल होटल संघको सहकार्य र पोखरा उप महानगरपालिकाले सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...