गीतकार शिव शर्मा चञ्चलको बिगत लोकार्पण

पोखरा, २० असोज/गीतकार शिव शर्मा चञ्चलको आधुनिक तथा पप गीतको एल्बम विगत आईतबार पोखरामा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार सरुभक्तले एल्बमको लोकार्पण गदै पत्रकारितामा जस्तै गीति लेखनमा पनि शर्मा अग्रसर रहेको बताए ।

sivaगीतको समिक्षा गदै गीतकार तथा संचारकर्मि दीपेन्द्र श्रेष्ठले युवा गीतकार शर्माका गीत श्रवणयोग्य र उत्कुष्ठ संगीतको संयोजन रहेको प्रष्टाए
पोखरा फिल्म सोसाइटीले आयोजना गरेको कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतिक, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कुष्णप्रसाद बा“स्तोला पोखरेली युवा सांस्कृति परिवारकी अध्यक्ष सरस्वति प्रतिक्षा , गीतकार शिव शर्मा चञ्चल, सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने, मोडल तथा कलाकार सुरेन्द्रमणि पौडेलले गीति एल्बम बिगतको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गीतकार शर्माको एल्बममा स्वरुपराज आचार्य, राजेशपायल राई, हेमन्त शर्मा, दिपक लिम्बु, सुगम पोखरेल, रेश्मा सुनुवार र मिङ्मा शेर्पाको स्वर रहेको छ । एल्बममा चौतारीमा, आजैबाट, ,तिम्रो छाती, जून छैन, अलि नजिक, मरे मरे, पानीले नि बोलका गीत समावेश छन् । सत्य र स्वरुपराज आचार्य, वसन्त सापकोटा, सुगम पोखरेल, सुरेश अधिकारी, धर्मेन्द्र सेवा र बिजु बज्रको गीतमा संगीत रहेको छ । एल्बमलाई शिष्टता म्युजिक प्रोडक्सनले बजारमा ल्यएको हो ।

एल्बममा स्वरुपराजले गाएको चौतारीमा र राजेशपायल राईले गाएको आजैबाट गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । दुवै म्युजिक भिडियो युवा निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन । पोखरामा रहेर पत्रकारिता गदै आएका शर्माको यस अघि विरहका प्रलापहरु नामक गीती संग्रह पुस्तकको रुपमा आइसकेको छ । तीन वटा म्युजिक भिडियोमा मोडल र मार्केट सिनेमामा समेत अभिनय गरेका शर्माका झण्डै दुई दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । उनको पहिलो रेकर्ड गीत चर्चित ब्यान्ड परिवेशको भाग , ५ सोल्टीमा समावेश भएको सरर माइक्रोबस चढेर जाउ है पोखरा हो ।

कमेन्टहरु
Loading...