दशैंको टिका अब १५ दिन

पोखरा २० असोज/तीजमा महिलाहरुले एक महिलाना पहिलेबाट दरका नाममा तडक भडक गरे भनेर अख्तियार र जिल्ला प्रशासन कार्यालयलेले रोक नै लगायो । तिहार पनि सकिएको केहि दिन सम्म त देऊसी भैलो लागे कै हुन्छ । त्यसलाई पनि यस वर्ष स्थानीय प्रशासनले रोक लगाउला । तर अब दशै पनि दशमी देखि पुर्णिमा सम्म पाचँ दिन टिका लागउने चलन त पहिले देखि कै हो ।

तर अहिले त घटस्थापना देखि नै टिका लागउन शुरु गरेका छन् । त्यस्तै कार्यक्रम आइतबार पोखरामा सम्पन्न भयो । शुभकामना आदान प्रदान मात्रै किन टिका नै लगाउन भनेर टिका समेत लागएका छन् । भनिन्छ गुण धेरै खाए तितो हुन्छ भनेर दशैको टिका १५ दिन बनाउदा त्यस्तै हुने त हैन । तपाईको विचारमा के लाग्छ ।

कार्यक्रमको समाचार यस प्रकार छ ।

दशैंको टिकाको झल्को दिने गरी कार्यक्रम

पोखरा २० असोज/नेपालीहरुको महान पर्व विजया दशमीको टिकाको दिन नजिकीदै गर्दा ठाँउ ठाँउमा शुभकामना आदन प्रदान कार्यक्रम चलि रहदा आईतबार एक कार्यक्रममा भने भिन्न ढंगले कार्यक्रम आयोजना भयो । पोखरा कृष्ण मन्दीर आमा समुह तथा कृष्ण मन्दीर संचालक समितिको संयुक्त आयोजनामा आईतबार आयोजना भएको शुभकामना आदन प्रदान कार्यक्रममा सहभागिहरुलाई बृद्ध दुई महिलाहरुले रातो टिका लगाउदै फुल गुच्छाको साथमा आर्सिरबाद दिएका छन । दशैंको टिकाको दिनको झल्को दिने गरी आयोजना भएको कार्यक्रममा विदशेबाट स्वदेश आएका व्यक्तिहरुलाई समेत स्वागत गरीएको मन्दीर संचालक समितिका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापाले बताए ।

रामबजारका स्थानीय बृद्धा द्धय ८७ बर्षीया शोभावती गुरुङ र ७० बर्षीया रमादेवि तण्डुकारले वेलायतबाट स्वदेश फर्किएका महेश गुरुङ, ललितबहादुर गुरुङ, अमेरीकाबाट स्वदेश फर्किएका प्रेम गुरुङ र भिमसेन श्रेष्ठ सहित अन्य सहभागिहरुलाई टिका लगाउदै फुलको गुच्छा प्रदान गरी आर्शिरबाद दिएका हुन।

कृष्ण मन्दीर संरक्षण समितिका संरक्षक गणेशकुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहारा युकेका सल्लाहकार महेश गुरुङ, कृष्ण मन्दीर आमा समुहका अध्यक्ष मिना भण्डारी, सल्लाहकार ललितबहादुर गुरुङ, रामबजार युथ क्लवका अध्यक्ष तिलक गुरुङ, सल्लाहकार एवम रामबजार टोल सुधार समिति वटा नम्बर १० र १५ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, कालीका मन्दीर संचालक समितिका अध्यक्ष मनविर गुरुङ(ढाँसा) लगायतले बोलेका थिए । कालीका उच्च माविका छात्र÷छात्रा पवित्रा गुरुङ, हविन गुरुङ, काजी गुरुङ, सविक गुरुङ, दिया गुरुङ र अमिन परियारले नृत्य प्रस्तुत गरेका थिए भने ब्राईट पार्टि अर्गानाईजीङ टेको ग्रुपको विषेश प्रस्तुती रहेको थियो ।

कमेन्टहरु
Loading...