ईनर ह्वील क्लब अफ पोखरा न्युरोडको पद हस्तान्तरण

पोखरा २०, असोज/ईनर ह्वील क्लब अफ पोखरा न्युरोडको आईतबार एक समारोहका विच पद हस्तान्तरण गरीएको छ । ईनर ह्वील क्लब अफ अन्नपुर्णका संस्थापक अध्यक्ष सरसीज पालिखेले ईनर ह्वील क्लब अफ पोखरा न्युरोडका सस्ंथापक अध्यक्ष निर्मला मल्ल जोसीलाई पद हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुनरावेदन अदालत राजविराजका न्यायधिश शारङगा सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै महिलाको क्षेत्रमा क्लवले सकरात्मक ढंगले काम गर्न आग्रह गर्नु भयो ।

रोटरी क्लव अफ पोखरा न्युरोड अन्नपुर्णका अध्यक्ष सुवास सिग्देल, ३२९२ एजी रोटरीयन दिनेशशंकर पालिखे, रोटरीयन बाबुराम बराल, रोटरी क्लब अफ बागमतीका सस्थापक अध्यक्ष कमलप्रभा खरेल, पोखरा लेडि जेसिजका अध्यक्ष बसन्त केसी, रोटरी क्लब अफ पोखरा न्युरोडका संस्थापक अध्यक्ष रविप्रसाद बराल, ईनर ह्वील क्लब पोखरा न्युरोडका सचिव गंगाकुमारी पराजुली (पौडेल) लगायतले बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...