उम्मेद्वारलाई शुरक्षा दिन शुरक्षा गार्ड

पोखरा, २० असोज/बाराका एमाले उम्मेदवार महमुद आलममाथि शुक्रबार अज्ञात समूहले गोली प्रहार गरेपछि ७५ वटै जिल्लाको स्थानीय प्रशासनले उम्मेद्वारहरुलाई जिल्ला प्रशासन कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेको छ । उम्मेद्वारहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरि शुरक्षका लागी अनुरोध गरेको हो ।

उम्मेद्वारको सुरक्षाका लागि सरकारले व्यक्तिगत सुरक्षा गार्डसमेत उपलब्ध गराउने बताएको छ । गृहमन्त्रालयले शनिबार उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको थियो एकातिर उम्मेद्वारमाथि गोली प्रहार भएको र अर्कातिर वैद्य माओवादीले पत्र काट्न थालेकाले सरकारले उम्मेद्वारहरुलाई व्यक्तिगत सुरक्षा गार्डसमेत उपलब्ध गराउने निर्णय गरेको हो ।

देशभर ६ हजार भन्दा बढि उम्मेद्वारहरु रहेका छन् भने कास्की मात्रै ८० जना उम्मेद्वार छन् । सरकाले हतियार सहितको शुरक्षा गार्ड दिने बनाएको छ ।

कमेन्टहरु
Loading...