यौन दुर्व्यवहारको आरोपमा डाक्टर पक्राउ

मोरङ, २० असोज/शल्यक्रिया गर्न आएकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमो विराजनगरमा एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नोबेल हस्पिटल विराटनगरका डाक्टर सञ्जिव जैसवाललाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

डाक्टर जैसवालमाथि पित्तथैलीमा देखिएको पत्थरीको शल्याक्रिया गर्न हस्पिटलमा भर्ना भएकी एक महिलामाथि शनिबार राति यौन दुर्व्यवहार गर्न खोजेको आरोप लागेको छ । पीडित महिलाले शल्यक्रियाको लागि शरीर पुरै जाँच गर्नु पर्छ भन्दै चेन्जिङ रुममा लगेर सवै लूगा खोल्न लगाई यौन दुर्व्यवहार गर्न खोजेको डाक्टर जैसवाललाई आरोप लगाएकी छन् । आवश्यक अनुसन्धानका लागि डाक्टर जैसवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...