पोखरा, २५ माघ / पश्चिमी न्यून चापीय मौसम प्रणालीका कारण आज पोखरामा हल्का वर्षा हुने मौषम विभागल जनाएको छ ।
बिहानै देखि बादल लागेर धुम्मिएको पोखरामा मेघ गजनका साथ हल्का वर्षा भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भुभागमा सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहनेछ ।
त्यस्तै देशको पश्चिमी पहाडी भुभागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली क्षेत्रमा हिमपात समेत भएको छ ।
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-१०-२५, बिहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल नेपालको पश्चिमी भू-भागमा कमजोर पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशको पश्चिमी पहाडी भू-भागमा सामान्य बदली र अन्य पहाडी भू-भागका स्थानमा आंशिक बदली रहेको छ। तराईका भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २५ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित एक-दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २६ गते (आईतबार)
दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २७ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।