पोखराको लेकसाइडको अन्नपूर्ण गार्डेनमा आगोलागि, करिब १ करोडको क्षति

पोखरा, २४ माघ/ पोखरा महागनर पालिका ६ लेकसाइड स्थित अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा शुक्रबार दिउसो आगोलागी भएको छ ।

स्थानीय, सुरक्षाकर्मी र दमकलको साहेतामा आगोलाई नियन्त्रणमा लिएको हो । रेस्टुरेन्टको किचनबाट आगलागी शुरु भएको थियो ।

आगलागी भएको करिब डेढ घण्टामा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

फेवाताल किनारा नजिकै रहेको रेस्टुरेन्टका फर्निचर र केही सामग्रीहरु बाहिर निकालेर बताएका थिए । किचन र बारमा रहेका सामग्रीहरु जलेर नस्ट भएका छन् ।

आगोलागीबाट करिब १ करोडको क्षति भएको प्रहरीको अनुमान छ । रेष्टुरेण्टका सञ्चालक किरण गुरुङ रहेका छन् ।

कमेन्टहरु
Loading...