ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा

पोखरा , २० असोज /ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १७ महतगौडाको पाँचौ वार्षिक तथा सातौ साधारण सभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्रघाटन गर्दै स्थानिय समाजसेवी तथा संस्थाका ज्येष्ठ सेयर सदस्य नन्दलाल पौडेलले आफ्नै ठाउँमा सहकारी स्थापना भएर आफु पनि आवद्ध हुन पाउदा खुसी व्यक्त गर्दै सहकारीे संस्थाले अझै सामाजिक कामहरु गर्दै जानुपर्ने बताउनुभयो ।

आथिक वर्ष २०६९÷७० को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष वैकुण्ठ भण्डारीले चालु आर्थिक वर्षमा संस्थाले गर्ने कार्य विवरणहरु प्रस्तुत गर्नुभएको थियो । भावी योजनामा संस्थाको पुँजी वृद्धि गर्न सेयर सदस्यहरु थप गर्ने, सामाजिक कार्यलाई बढवा दिने, संस्थाको लेखा परिक्षक नियुक्त गर्ने, सहकारीमा रहेर उत्कृष्ट कारोवार गर्ने २ जना र उत्कृष्ट कार्य गर्ने सेयर सदस्यमध्ये एक जनालाई सम्मान तथा पुरस्कृत गर्ने लगायतका रहेका छन् ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष अमृत भण्डारीले आर्थिक प्रतिवेदन, लेखा संयोजक नारायणप्रसाद भण्डारी (ख) ले लेखासमितीको प्रतिवेदन तथा ऋण उपसमिती संयोजक नायाणप्रसाद भण्डारी (क) ले ऋण उपसमितीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहसचिव तथा शिक्षा उपसमिती संयोजक श्रीराम भण्डारी,सल्लाहकारहरु लक्ष्मण भण्डारी, लेखनाथ चालिसे, शिवराम भण्डारी तथा सेयर सदस्यको तर्फबाट शोभा भण्डारी लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष बैकुण्ठ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाका सचिव नेत्रलाल भण्डारी गर्नुभएको थियो । २०६४ सालमा स्थापना भएको सहकारी संस्थामा अहिले ८४ जना सेयर सदस्य आवद्ध छन् भने संस्थाको चुक्ता पुजी रु. ५७ लाख ४१ हजार रहेको छ ।

कमेन्टहरु
Loading...